२ असार २०८२, सोमबार | June 16, 2025

क्वारेन्टाईनमा बसेका एक जनाको मृत्यु



बर्दिया । बर्दियाको गुलरिया नगरपालिका ७ को क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । सदरमुकाम स्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मजदुरीका लागि अछाम गएका उनी लगाएत १६ जना मंगलबार साँझ ६ दिन पैदल हिँडेर बर्दिया आएका थिए । गुलरिया नगरपालिका–९ गोडियनपुर बस्ने उनी मंगलबार साँझ ८ बजे बबई बहुमुखि क्याम्पसको क्वारेन्टाईन बसेका थिए । राती सुतेका उनी विहान उठाउँदा नउठेको उनका साथीहरुले बताएका छन् । विहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका उनलाई ६ बजे स्वास्थ्यकर्मीले चेकजाँच गरी मृत्यु भएको पुष्टि गरेको गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए । उनी सँगै आएका १२ जनालाई बबई बहुमुखि क्याम्पसको क्वारेन्टाईनमा र ४ जनालाई कृष्णसार प्रावि खैरीको क्वारेन्टाईनमा राखिएको छ ।

उनको शव जिल्ला अस्पताल ल्याइ स्वाब संकलन गर्ने तयारी भइरहेको बताइएको छ । के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । उनी बसेको बबई क्याम्पसको क्वारेन्टाइनमा २९ जना रहेका छन् ।

हाल बर्दियामा २३ सय ६७ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म बर्दियाबाट स्वाव टेष्टका लागि पठाईएका मध्येमा ६ जना कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  २ : ५४ बजे

मोहन वैद्य ‘किरण’ स्वास्थ्यलाभ गरेर घर फर्के

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने

काठमाडौँ । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ

नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य

काठमाडौं । स्कटल्यान्डमा हिजोदेखी सुरु भएको त्रिदेशीय टी-२० आई सिरिजको

विधि विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैन : किशोरसिंह राठौर

बाँके । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति

अण्डा बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते

बुटवल । पाल्पाको पूर्वखोलाको बीरकोटमा सवारी दुर्घटना हुँदा २ जनाको