५ पुस २०८२, शनिबार | December 20, 2025

क्वारेन्टाईनमा बसेका एक जनाको मृत्यु



बर्दिया । बर्दियाको गुलरिया नगरपालिका ७ को क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । सदरमुकाम स्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मजदुरीका लागि अछाम गएका उनी लगाएत १६ जना मंगलबार साँझ ६ दिन पैदल हिँडेर बर्दिया आएका थिए । गुलरिया नगरपालिका–९ गोडियनपुर बस्ने उनी मंगलबार साँझ ८ बजे बबई बहुमुखि क्याम्पसको क्वारेन्टाईन बसेका थिए । राती सुतेका उनी विहान उठाउँदा नउठेको उनका साथीहरुले बताएका छन् । विहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका उनलाई ६ बजे स्वास्थ्यकर्मीले चेकजाँच गरी मृत्यु भएको पुष्टि गरेको गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए । उनी सँगै आएका १२ जनालाई बबई बहुमुखि क्याम्पसको क्वारेन्टाईनमा र ४ जनालाई कृष्णसार प्रावि खैरीको क्वारेन्टाईनमा राखिएको छ ।

उनको शव जिल्ला अस्पताल ल्याइ स्वाब संकलन गर्ने तयारी भइरहेको बताइएको छ । के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । उनी बसेको बबई क्याम्पसको क्वारेन्टाइनमा २९ जना रहेका छन् ।

हाल बर्दियामा २३ सय ६७ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म बर्दियाबाट स्वाव टेष्टका लागि पठाईएका मध्येमा ६ जना कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  २ : ५४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता