१७ श्रावण २०८३, आइतबार | August 2, 2026

क्वारेन्टाईनमा बसेका एक जनाको मृत्यु



बर्दिया । बर्दियाको गुलरिया नगरपालिका ७ को क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । सदरमुकाम स्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मजदुरीका लागि अछाम गएका उनी लगाएत १६ जना मंगलबार साँझ ६ दिन पैदल हिँडेर बर्दिया आएका थिए । गुलरिया नगरपालिका–९ गोडियनपुर बस्ने उनी मंगलबार साँझ ८ बजे बबई बहुमुखि क्याम्पसको क्वारेन्टाईन बसेका थिए । राती सुतेका उनी विहान उठाउँदा नउठेको उनका साथीहरुले बताएका छन् । विहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका उनलाई ६ बजे स्वास्थ्यकर्मीले चेकजाँच गरी मृत्यु भएको पुष्टि गरेको गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए । उनी सँगै आएका १२ जनालाई बबई बहुमुखि क्याम्पसको क्वारेन्टाईनमा र ४ जनालाई कृष्णसार प्रावि खैरीको क्वारेन्टाईनमा राखिएको छ ।

उनको शव जिल्ला अस्पताल ल्याइ स्वाब संकलन गर्ने तयारी भइरहेको बताइएको छ । के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । उनी बसेको बबई क्याम्पसको क्वारेन्टाइनमा २९ जना रहेका छन् ।

हाल बर्दियामा २३ सय ६७ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म बर्दियाबाट स्वाव टेष्टका लागि पठाईएका मध्येमा ६ जना कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  २ : ५४ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो