५ श्रावण २०८३, मंगलबार | July 22, 2026

रुकुम घटनाको विरोधमा माइतीघरमा प्रदर्शन



काठमाडौं । पश्चिम रुकुम घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघरमा बुधबार पनि प्रदर्शन गरिएको छ ।

विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरेका छन् ।

जातीय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्नपनि प्रदर्शनकारीहरुले आग्रह गरेका छन् । ‘हत्यारालाई फाँसी दे, स्टप किलिङ दलित, मानविय समवेदना कता गयो ?, न्याय हराएको देश, देशलाई आन्तरिक युद्धमा नधकेल’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको छानबिन गर्दै प्रदर्शन गरिएको हो । अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर शनिबार भएको घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनारको शव भेरी नदीमा भेटिएको थियो । अहिले भेरी नपा. ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोविन्द शाही सम्पर्कविहीन रहेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ४ : २४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं