१८ चैत्र २०७९, शनिबार | April 1, 2023

पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण



नवलपरासी । पूर्वी नवलपरासीमा सोमबार थप ३ जनामा कोरोनो संक्रमण देखिएको छ ।

सोमबार गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कावासोती ठेगाना भई कावासोती कै क्वारेन्टाइनमा रहेका २ जना २२ र ३६ बर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाका १४ बर्षीय पुरुषमा पनि सोमबार कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
यो सँगै नवलपुरमा ९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ भने १ जना महिला उपचार पछि संक्रमण मुक्त भएर फर्किएका छन् ।

नवलपुरमा सोमबारको तथ्यांक सहित अहिलेसम्म देवचुली नगरपालिकामा ५ जना विनयी त्रिवेणी गाउँपालिकामा २ जना र कावासोती नगरपालिकामा २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ८ : १५ बजे

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि