१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

अमेरिकामा भड्किँदो हिंसा : अफ्रिकन र एशियनमाथि आक्रमण बढ्दै



एजेन्सी । अमेरिकामा एक अश्वेत नागरिकलाई गोरा पुलिस अफिसरले गिरफ्तार गरेर घाँटी अठ्याउँदै निर्ममतापूर्व हत्या गरेपछि निरन्तर हिंसा भड्किँदो छ ।

अश्वेत नागरिक जर्ज फ्लयडको हत्याको विरोधमा गरिएको प्रर्दशनले हिंस्रक रुप लिएको हो ।

हिंसाका कारण दर्जनौं शहरमा आगजनी र लुटपाट मचिचएको छ । फ्लयडको मृत्युपछि मिनोपोलिसबाट सुरु भएको प्रदर्शन अमेरिकाका थुप्रै शहरहरुमा फैलिएको छ । अमेरिकी राष्ट्रपति भवन ह्वाईट हाउस अगाडि पनि प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका छन ।

तनावपूर्ण अवस्थाका कारण राष्ट्रपति ट्रम्प ह्वाईट हाउसबाट बाहिरिने र भित्रिने क्रममा भूमिगत बंकरको बाटो प्रयोग गर्नुपरेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन । स्थिति नियन्त्रणमा लिन प्रशासनले वाशिंगटनसहित विभिन्न ४० शहरमा कफ्र्यु आदेश जारी गरेको छ । त्यस्तै इन्डियानापोलिसमा प्रहरीले चलाएको गोली लागि एक प्रदर्शनकारीको मृत्यु हुँदा स्थिति झनै हिंस्रक बनेको छ । स्थिति नियन्त्रणमा लिन विभिन्न १५ राज्यमा ५ हजार नेशनल सेक्युरिटी गार्ड तैनाथ गरिएको छ ।

वासिंगटन डिसीमा मात्रै २ हजार गार्ड तैनाथ गर्ने तयारी भएको छ । प्रर्दशनकारी र प्रहरीबीचको भिडन्तमा १३ जना प्रहरी घाईते भएका छन । प्रहरीले अहिलेसम्म विभिन्न १७ वटा शहरहरुबाट १४ सय भन्दा बढी प्रदर्शनकारीहरुलाई गिरफ्तार गरेको छ भने थुप्रै घाइते भएका छन । अश्वेत नागरिकको हत्या, प्रहरी दमन र हिंसात्मक बन्दै गैरहेको प्रर्दशनको डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकाको राष्ट्रपति पदका सम्भावित उमेद्वार जोन विडेनले निन्दा गरेका छन ।

त्यस्तै चर्चित गायिका टेलर स्विफ्टले अश्वेत नागरिक हत्याको विरोध गर्दै राष्ट्रपति ट्रम्पलाई लक्षित गरि ट्वीट गरेकी छिन । २० लाख भन्दा बढी लाईक पाएको टेलरको ट्वीटमा आगामी नोभेम्बरमा हुने निर्वाचनमा भोट आउट गर्ने चेतावनी दिईएको छ ।

अमेरिकी अश्वेत नागरिक जर्ज फ्लयडको प्रहरीद्वारा हत्या गरिएको भिडियो भाइरल भएपछि सर्वसाधारणमा आक्रोशत फैलिएको छ । भाईरल बनेको भिडियोमा एक प्रहरी अधिकारीले घुँडाले फ्लयडको घाँटी अँठ्याएका छन । यातना दिने क्रममा फ्लयडको सास विस्तारै विस्तारै रोकिएर मृत्यु भएको दृष्य देखाइएको छ ।

अमेरिकामा सबैभन्दा धेरै जातीय हिंसा हुन्छ । विश्वभर मानवअधिकारको दुहाई दिने अमेरिका आफ्नो देशमा भने हिंसा, हत्याले आक्रान्त छ । गत वर्ष हङ्कङमा भएको हिंसालाई ‘ग्लोरिफाई ‘ गरेको थियो अमेरिकाले ।

यतिबेला अफ्रिकन अमेरिकन र एशियन अमेरिकन विरूद्ध आक्रमण जारी छ । यतिबेला यो हिंसालाई कसरी सम्बोधन गर्छ, या अमेरिकी राष्ट्रपतीय चुनावमा दक्षिणपन्थी गोराहरूको मात्र मत पाएर चुनाव जित्ने मुद्दा बन्छ, त्यो हेर्न भने बाँकी नै छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  १० : ४९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग