१९ आश्विन २०८३, सोमबार | October 5, 2026

चट्याङ लागेर मोरङको सुनवर्षीमा एक महिलाको मृत्यु



रंगेली । हावाहुरी, वर्षासंगै परेको च्यट्याङ लागेर मोरङको सुनवर्षी नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान करिब पौने १२ बजे नगरपालिकाको वडा नम्बर ६ मा ३० वर्षीया निरुतुकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तालगाछीकी दास मकै बारीबाट मकै लिएर फर्कदै गर्दा बाटोमा चट्टयाङ लागेर घाइते भएकी जिल्लाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

राईका अनुसार चट्टयाङ लागेर घाइते भएकी दासलाई उपचारका लागि रंगेली नगरपालिकास्थित अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोरङको रामचौक र धनपालथानमा ३ चौपायाको समेत चट्याङ लागेर मरेका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ३ : २३ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित