७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालमा फेरि अर्को चक्रवातको असर, मनसुन समयमै सुरु हुने विश्वास



काठमाडौं । नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएको छ । यो चक्रवातको कारण यस वर्षको मनसुन समयमै सुरु हुनेमा मौसमविद आशावादी देखिएका छन् ।

हाल दक्षिण-पूर्वी अरब सागरमा रहेको न्युन चापीय प्रणाली उत्तर तर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवातको रुप लिने छ । त्यसको प्रभावले नेपालमा जेठ २२ गतेदेखि २४ गतेसम्म वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसअघि बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अम्पुनको अप्रत्यक्ष असर पर्दा नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो ।

अरब सागरमा विकसित यो नयाँ चक्रवातको प्रकृति कस्तो हुन्छ र यसले नेपालका कुन(कुन क्षेत्रमा प्रभाव पार्दछ भनेर मौसमविदले विस्तृतमा आँकलन गर्न सकेका छैनन् । तर नेपालका मौसमविदले तत्काललाई भने सुदूरपश्चिम क्षेत्रमा पानी पार्ने र उच्च हिमाली भागमा हिमपात हुने मात्र बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद विभूति पोखरेल भन्नुहुछ ‘यो नयाँ चक्रवातले नै हामीलाई प्रत्यक्ष असर गर्दैन । किनभने हामीसम्म आइपुग्दा त्यो एकदमै कमजोर भइसकेको हुन्छ । यद्यपि सुदूरपश्चिममा चाहिँ वर्षा गराउने र उच्च हिमाली क्षेत्रमा हिमपात गराउने देखिएको छ ।’ चक्रवातको रुप लिइसकेपछि त्यसको वेग र दिशा हेरेर थप अपडेट गराउने उहाले बताउनुभयो ।

मनसुन छिटो आउन सघाउने

अरब सागरमा विकसित यो चक्रवातले यस वर्ष नेपालमा मनसुन छिटो भित्रिन सहयोग मिल्ने मौसमविदको पूर्वानुमान छ । यसअघि बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको कारण नेपालमा मनसुन कम्तिमा एक हप्ता ढिलो आउने पूर्वानुमान मौसमविदले गरेका थिए ।

तर अरब सागरमा विकसित नयाँ प्रणालीका कारण भने त्यो पूर्वानुमान फेरिएको छ । मौसमविद विभूति पोखरेलले भन्नुभयो, ‘हामीले पहिले मनसुन अलिकति ढिलो हुन्छ भनिराखेका थियौं । यो चक्रवातले चाहिँ मनसुन छिटो आउनलाई झन् सहयोग गर्छ । पछिल्लो एक्टिभिटीले त्यस्तो ढिलो नहुने देखिन्छ ।’

सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ । यसअघि यस वर्ष नेपालमा कम्तिमा एक हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविदले गरेका थिए । यस वर्षको मनसुनमा नेपालभर सरदर नै पानी पर्ने मौसमविदको पूर्वानुमान छ ।

भारतमा उच्च सतर्कता

भारतीय मौसम विभागले अरब सागरको माथि बनिरहेको शक्तिशाली चक्रवात ३ मे ९२१ जेठ०मा उत्तरी महाराष्ट्र र दक्षिणी गुजरात हुँदै अघि बढ्ने जनाएको छ । त्यसको असर मुम्बईमा पनि पर्ने भन्दै सतर्कता अपनाइएको छ ।

हाल यो चक्रवात मुम्बईभन्दा करिब ७ सय किलोमिटर टाढा रहेको बताइएको छ । ३ जुनमा तटीय क्षेत्रमा पुग्दा यसको वेग १०५ किलोमिटर प्रतिघण्टा हुनसक्ने अनुमान छ ।

महाराष्ट्र सरकारले दुई-तीन दिनसम्म तटीय क्षेत्रमा नजान र समुद्रमा प्रवेश नगर्न सूचित गरेको छ । साथै आपतकालीन स्थिति आउन सक्ने भन्दै सुरक्षा सतर्कता पनि अपनाइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  १० : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११