१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना संक्रमित एक पत्रकारको बकपत्र : आइसोलेसनमा आएपछि भाग्यो कोरोनाको डर



बुटवल । ‘जानु जी, तपाईंलाई कस्तो छ ? मनोबल यसरी नै उच्च राख्नुहोला, हामी साथमा छौं है ।’ बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले टेलिफोनमा मेरो बारेमा हालखबर सोध्नुभयो । आइसोलेसनलाई अझ व्यवस्थित बनाउन के गर्नुपर्छ भन्ने बारेमा पनि केही कुरा भयो ।

नगर प्रमुखले मलाई यसो भनिरहँदा आइसोलेसन सेन्टरमा हाम्रो रेखदेखमा रहेका उपमहानगरका स्वास्थ्यकर्मीहरु र अरु कर्मचारीहरुले विवरण अद्यावधिक गर्नेदेखि हाम्रै लागि तातोपानी, सुप र अरु खाजा नास्ताको व्यवस्था मिलाउने काम गर्दै थिए ।

मसँग कुरा भएको लगत्तै प्रमुखको सचिवालय र त्यहाँको स्वास्थ्य शाखाबाट यहाँ आइसोलेसन सेन्टरमा खटिएका कर्मचारीहरुलाई राम्रोसँग हेरचाह गर्न निर्देशन दिइएको रहेछ । मैले पत्रकारिता गरिरहेको कुरा उहाँहरुलाई पनि थाहा भयो र पत्रकारिताकै दौरानमा रिपोर्टिङमा जाँदा साथीसँगको कन्ट्याक्ट ट्रेसिङमा मलाई पनि कोरोना पोजेटिभ पाइएको हो ।

रिपोर्ट आउँदाको डरत्रास आइसोलेसनमा हरायो
सुरुमा डरत्राससहित आएको थिएँ । यहाँ आए पछि मेरो डर हटिसेको छ । नगरपालिकाले आइसोलेसन बनाउँदा सामाजिक दुरी कामय हुने गरी बनाएको छ । केही कोठामा दुईवटा वेड छन । धेरै कोठामा दुई तीन जना वस्ने गरी बनाइएको छ ।

अहिले हामी यहाँ १८ जना संक्रमित रहेका छौं । सबैलाई पहिलाको डर हराएको छ । यहाँ अस्पतालमा बसेको जस्तो अनुभूति नै छैन । एउटा कुनै होटलमा बसेको जस्तो भइरहेको छ ।


जहाँ छ घरयाशी वातावरण

यो आइसोलेसन सेन्टर वास्तवमै घरायशी वातावरणको छ । यहाँ हामीलाई नियमित व्यायम गर्न लगाईन्छ । यहाँ हामीलाई सहयोग गर्ने स्वास्थ्यकर्मी र सुरक्षा व्यवस्थापनमा जुटेका सबै सहयोगी भावनाका रहेका छन । तातोपानी खानको लागी प्रत्येकलाई हट पट दिईएको छ । खानाको राम्रो व्यवस्थापन छ । दिनमा २ पटक खाजा अनी २ पटक नास्ता आउने गर्दछ । यस्तै भिटामिन सी प्राप्तिको लागि कागतीको समेत व्यवस्था गरिएको छ । तापक्रम जाँच गर्न सबैलाई अलग अलग डिजिटल थर्मोमिटर दिईएको छ । हरेक समयको हेक्का राख्ने गरिएको छ ।

दुःखमा साथ दिने बुटवल
व्यवस्थापनमा जुटेका कर्मचारी र हामी संक्रमित सबै रमाईलो गर्दै बसेका छौं । साउण्ड सिस्टम लगाएर हामी नाच्दै मनोरन्जन गर्ने गरेका छौँ । यहाँको बसाई कुनै अस्पतालको जस्तो बसाई लागेको छैन हामीलाई । घरमै वसेको जस्तो अनुभुति भएको छ । हामी सबै एकै परिवारको सदस्य जस्तो अनुभुति भएको छ । यहाँ हामीलाई हाम्रो चिन्ता छैन । बरु, घर परिवार कै यादले सताउने रहेछ । ति याद हटाउन साथ दिएको छ म आउने दिनमा जोडेको वाईफाईले । त्यसैले दुःखमा साथ दिएकोमा आभार प्रकट गर्न चाहन्छु बुटवल उपमहानगरपालिकालाई ।

समाचार बनाएको आफै आएर बस्नुप-यो ।

बुटवल उपमहानगरपालिकाले वडा नं–११, देविनगरस्थित एन्फा एकेडेमीमा निर्माण गरेको आइसोलेसन सेन्टरका बारेमा मैले समाचार देखेको थिएँ । तर, यहीँ सेन्टरमा आफै आएर बस्नुपर्ला भनेर सोचेको थिएन ।

जब मलाई मेरो मोबोइलमा म्यासेज आयो त्यतिबेलै म आफ्नै मोटरसाइकल चलाएर यहाँ आएको थिएँ । कपिलवस्तु जिल्लाबाट आएको मसँग संक्रमित भएको प्रमाण देखाउने अरु कागजात थिएन र केहीबेर बाहिरै बस्नु प-यो ।


बुटवलमै रहेका साथीहरु प्रेस संगठनका जिल्ला संयोजक तथा उपमहानगरका प्रेस सल्लाहकार अमृत गिरी र आदरणीय दाजु भरत केसी, जो पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्षसमेत हुनुहुन्छ, उहाँहरुसँग कुरा भएपछि सबै मिलाउनुभयो । र, म यहाँको आइसोलशनमा भर्ना भएर बस्न पाएँ । यहाँ अलग अलग कोठा, खाजा, नास्ता र खाना, स्नानागार, शौचालय, स्वस्चछ खानेपानी, खुला चौर र निःशुल्क वाइफाई समेतको व्यवस्था रहेछ ।

यहाँ आएको आज पाँच दिन भयो । यो बीचमा मलाई कुनै कमजोरी महशुस भएको छैन, कुनै तनाव पनि उत्पन्न भएको छैन । यहाँको व्यवस्थापन र यहाँ खटिएका स्वास्थ्यकर्मीलगायतका साथीहरुको व्यवहार वास्तवमै उर्जा र हौसला दिने खालको छ, यस्तै कायमै रहोस् । मसँगै कपिलवस्तुकी पत्रकार साथी र अर्की सानी बहिनी पनि यहीँ सेन्टरमा हुनुहुन्छ । उहाँहरुसहित यहाँ रहनुभएका सबैजना अहिलेसम्म ठिकठाक छौं ।


कपिलवस्तुमा पनि चाहियो व्यवस्थित आइसोलेसन

कोरोना संक्रमण भएपछि कता जाने दोधारमा थिएँ । म सुटुक्क निस्किन चाहन्थेँ र त्यसै गरेँ पनि । म पत्रकार पनि भएको र यहाँ धेरै साथीहरु रहेका कारणले पनि मलाई त यहाँसम्म आउन सहज भयो । तर, अर्को जिल्लामा गएर भन्दा पनि आफ्नै जिल्लामा व्यवस्थित आइसोलेसन सेन्टर बनाउन चाहीँ जरुरी छ ।

कपिलवस्तु जिल्लामा कोरोना संक्रमितहरुको लागि व्यवस्थित आइसोलेसनको खाँचो छ । उपयुक्त व्यवस्था नहुँदा हामी जस्ता कोरोना संक्रमितले कष्ट सहनु परेको छ । संक्रमितको संख्या बढ्नु र पूर्वतयारी नहुँदा एकैपटक व्यवस्थापन गर्न असहज भएको छ ।
भएका आईसोलेसन पनि झारा टार्ने खालका आइसोलेसन छन । खुला सीमाना भएका कारणले पनि भारतबाट विभिन्न ठाउँबाट लुकिछिपी आउनेहरु घरमै बसेका पनि छन् । तिनीहरु सबै संक्रमित त छैनन् तर, जति छन् तिनले धेरैलाई संक्रमित बनाउने खतरा उत्तिकै छ । यो बेलामा सबैको सुझाबुझपूर्ण कामको खाँचो छ ।

(कपिलवस्तुका पत्रकार पाण्डेले बुटवल आइसोलेसन सेन्टरबाटै तयार पारेको अनुभूति )

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १२ : १६ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु