२ बैशाख २०८३, बुधबार | April 15, 2026

सर्लाहीको बरहथावामा संचालित आइसोलेसन केन्द्रलाई डीएसपी भाटद्वारा आर्थिक सहयोग



सर्लाही । सर्लाहीको बरहथवास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धबसिंह भाटले  स्थानीय युवाद्वारा संचालित आइसोलेसन सेन्टरलाई आर्थिक सहयोग गरेका छन् ।

डीएसपी भाटले बरहथवा–१०,सीतापुरस्थित आइसोलेसन केन्द्रमै पुगेर आफ्नो मासिक तलबको आधा तलब बराबरको २५ हजार नगद सहयोग गरेका हुन् ।

नगरमा कोभिड संक्रमित बिरामीहरु उपचारबाट बन्चित नहुन भन्ने उद्दश्यले संचालन गरिएको उक्त निःशुल्क आइसोलेसन केन्द्रमा आवद्ध युवाको मनोबललाई उच्च सम्मान गर्न आफु जोडिन पाउँदा निकै सन्तुष्टिको अनुभव प्राप्त भएको उनले बताए ।

सर्लाही कोभिड–१९ य्रापिड रेस्पोन्स टिमका संयोजक नवीन यादवले डीएसपी भाटको सहयोगको प्रशंसा गर्दै यसबाट आफु र आफ्नो टिमलाई झन् उर्जाशील बन्न उत्प्रेरणा मिलेको बताए । ।

जिल्लाका सक्रिय युवाको सहभागिता रहेको उक्त टीमले जिल्लाका २० वटै स्थानीय निकायमा ‘निःशुल्क स्वास्थ्य परीक्षण तथा हेल्प डेस्क’, कार्यक्रम समेत संचालन गर्दै आएका छन् । त्यसअवसरमा TMNC आइसोलेसन केन्द्रका कार्यकारी निर्देशक सरोज रायको पनि उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ३ : ४१ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले