२४ मंसिर २०८२, बुधबार | December 11, 2025

एचआईभी संक्रमित बालबालिकालाई राहत वितरण



राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित बालबालिकालाई राहत स्वरुप पोषण युक्त खाद्यान्न उपलब्ध गराएको छ ।

एनएपीएनले देशभर रहेका सबै एचआईभी संक्रमित बालबालिकालाई घरघरमै पुगेर पोषणयुक्त खाद्यन्न उपलब्ध गराएको हो ।

लकडाउनका कारण बालबालिकालाई पोषण युक्त खाद्यान्नको अभाव हुन नदिन राहत उपलब्ध गराइएको एनएपीएनका अध्यक्ष राजेश दिदीयाले बताउनुभयो । उहाँले पहिलो चरणमा १२ वर्ष मुनिका ६ सय ६८ बालबालिका र दोस्रो चरणमा १३ वर्ष देखि १८ वर्ष सम्मका ६ सय १७ जना किशोरकिशोरीहरुलाई दुई महिनाको लागि पुग्ने गरी खाद्यान्न तथा पोषण उपलब्ध गराएको बताउनुभयो ।

ग्लोबल फण्डको क्षेत्रीय सहयोगबाट बालबालिका र किशोरकिशोरीहरुलाई राहत उपलब्ध गराइएको अध्यक्ष दिदीयाले बताउनुभयो । एनएपीएनले ८ किलो चामल, दुई किलो दाल, दुई किलो गेडागुडी, १५ वटा अन्डा, दुई किलो गहुँको पीठो, एक किलो चिनी, खाने तेल डेढ लिटर र एक लिटर फलफूलको जुस वितरण गरेको हो ।

यस्तै एनएपीएनले ४५ वर्ष माथिका ७ सय ३२ एचआईभी संक्रमितलाई पनि दुई महिनालाई पुग्ने खाद्यान्न तथा पोषणा उपलब्ध गराएको छ । अहिले देश भर करिब १८ हजार एचआईभी संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १२ : ३४ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल