७ आश्विन २०८३, बुधबार | September 23, 2026

ओहो ! दिनदिनै बढ्दैछ कोरोना संक्रमण, २४ घण्टामा २८८ संक्रमित थपिए



काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनदिनै बढिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८८ संक्रमित बढेका छन् । जसमध्ये २७० जना पुरुष र १८ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धुलिखेल अस्पतालमा रौतहटका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, पोखरास्थित गगण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पर्वत र स्याङ्जाका १० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

भेरी अस्पताको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया र बाँकेका २० जना, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, दैलेख, सल्यान र अछामका ६४ जनामा संक्रमण पुष्टि भएकोछ ।

यस्तै, हेटौंडामा गरिएको परीक्षणमा बारका १ जनामा संक्रमण देखिएको छ भने राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङकै १७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, सेती अञ्चल अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुर र कैलालीका १८ जनामा संक्रमण देखिएको छ ।

सबैभन्दा धेरै काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ११८ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिराहा, भक्तपुर, धादिङ, कपिलवस्तु, काठमाडौं मडिकल कलेजका स्वास्थ्यकर्मी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, नुवाकोट र रुपन्देहीका रहेका छन् ।

हालसम्म देशभर २ हजार ९९ जना पुगेका छन् । जसमध्ये १ हजार ९४९ पुरुष र १५० जना महिला रहेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ४ : ३२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११