१ कार्तिक २०८३, शनिबार | October 17, 2026

कोरोना आशंकित एक जनाको पाल्पामा मृत्यु



पाल्पा । तानसेन स्थित मिशन अस्पतालमा उपचारत कोरोनाको आशंका गरिएका एक जनाको मृत्युु भएको छ । खोकी लाग्ने र श्वास फेर्न गारो हुने लक्षण देखिएपछि उनलाई सोमबार पाल्पाको तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा आज दिउँसो मृत्युु भएको युनाइटेड मिशन अस्पताल पाल्पाका प्रशासकिय अधिकृत जिवन भट्टराईले पुष्टी गरेका छन् । स्थानीय क्वारेन्टाईनबाट लक्षण देखिएपछि अस्पताल ल्याईएका उनलाई सिधै आइसोलेसन वार्डमा राखिएको भट्टराईले बताए ।

मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुष रहेका छन् ।

कोरोना को सम्भाबित लक्ष्यण देखिएको हुदा सोमबार नै उनको स्वाव संकलन गरी परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाएको थियो ।

उनको मृत्यु पछि पुनः स्वाव संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा ५ जनामा कोरोना सक्रमण पुष्टि भैसकेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ६ : ४६ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ