१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कांग्रेसका आठ सांसदले दर्ता गराए संविधान संशोधन विधेयक



काठमाडौं । नेपाली कांग्रेसबाट मधेशको प्रतिनिधित्व गर्ने आठ सांसदले संविधान संशोधनको विधेयक दर्ता गराएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार भन्दै तराई मधेशबाट प्रतिनिधित्व गर्ने प्रदीप गिरी, अमरेशकुमार सिंह लगायतका आठ सांसदले संसद सचिवालयमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ दर्ता गराएका हुन् ।

विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरुले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन् ।

सांसद अमरेशकुमार सिंहले आफुहरुले दर्ता गराएको विधेयकले सबै जनतालाई समानताको बोध हुने र तराई मधेसमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने दाबी गर्नुभयो ।

विगतमा पार्टीले दर्ता गराएको विधेयकलाई नै आधार मानेर मानिएको उहाँले बताउनुभयो । पहिला एमालेको असहयोगका कारण संविधान संशोधन असफल भयो । यसपटक पार्टीले आफै विधेयक दर्ता गराउने निर्णय गरेका कारण आफुहरुले विधेयक दर्ता गराएको सिंहको तर्क छ ।

कांग्रेस सांसदहरुले दर्ता गराएको विधेयकमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषयहरु राखिएका छन् ।

विधेयक दर्ताका लागि सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चत्रलेखा यादव, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी, पद्य्मनारायण चौधरी लगायत संसद सचिवालय पुगेका थिए ।

यसअघि, सरकारले नेपालको नक्शा परिवर्तन गर्नका लागि दर्ता गराएको विधेयक संसद बैठकमा पेश भैसकेको छ भने मधेश केन्द्रित दल राजपा र समाजवादी पार्टीले पनि अलग्गै विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ७ : २६ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि