२० भदौ २०८३, शनिबार | September 5, 2026

एक्कासी किन आइन मनिषा कोइराला भैरहवा हुँदै नेपाल ?



बुटवल । कालापानी, लिपुलेक र लिम्पियाधुराका बिषयमा सशक्त नेपाल सरकारको पक्षमा उभिएर भारतीय मिडीयाको आलोचना खेपेकी बलिउड अभिनेत्री मनिषा कोइराला नेपाल भारत सिमाको बेलहिया नाका हुंदै नेपाल छिरेकी छिन् ।

मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेम कुमार थापाले बताउनुभयो । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन ।

सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन । नेपाली सेनाले पुर्व सुचनाका आधारमा समन्वय गरेपछि सीमामा सामान्य प्रक्रिया पुरा गरि उनी सहितको परिवार नेपाल प्रवेश गरेका थिए ।

कोईराला सहित उनको परिवार तोकिएको दिन सम्म नेपालको कुनै होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ । मनिषाको पछिल्लो अभिव्यक्तिलाई लिएर कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा समेत उत्रिएका थिए ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालभित्र पर्ने गरि मन्त्रिपरिषदबाट निर्णय गरेलगत्तै उनले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको ट्वीटरमा रि ट्वीट गर्दै ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद ।

अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’ भनेर लेखेकि थिईन् । भारतीय मिडीयाहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा आपत्ति जनाउंदै उनलाई चीनले उचालेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ९ : ५० बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २