५ पुस २०८२, शनिबार | December 20, 2025

एक्कासी किन आइन मनिषा कोइराला भैरहवा हुँदै नेपाल ?



बुटवल । कालापानी, लिपुलेक र लिम्पियाधुराका बिषयमा सशक्त नेपाल सरकारको पक्षमा उभिएर भारतीय मिडीयाको आलोचना खेपेकी बलिउड अभिनेत्री मनिषा कोइराला नेपाल भारत सिमाको बेलहिया नाका हुंदै नेपाल छिरेकी छिन् ।

मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेम कुमार थापाले बताउनुभयो । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन ।

सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन । नेपाली सेनाले पुर्व सुचनाका आधारमा समन्वय गरेपछि सीमामा सामान्य प्रक्रिया पुरा गरि उनी सहितको परिवार नेपाल प्रवेश गरेका थिए ।

कोईराला सहित उनको परिवार तोकिएको दिन सम्म नेपालको कुनै होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ । मनिषाको पछिल्लो अभिव्यक्तिलाई लिएर कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा समेत उत्रिएका थिए ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालभित्र पर्ने गरि मन्त्रिपरिषदबाट निर्णय गरेलगत्तै उनले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको ट्वीटरमा रि ट्वीट गर्दै ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद ।

अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’ भनेर लेखेकि थिईन् । भारतीय मिडीयाहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा आपत्ति जनाउंदै उनलाई चीनले उचालेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ९ : ५० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता