२१ आश्विन २०८३, बुधबार | October 7, 2026

अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा : स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६) ले आज उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्यावस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी त्यहाँ राखिने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा सङ्क्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्यावस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नाका लागि अब नयाँ नीतिमा जाने स्पष्ट गर्नुभयो ।

उहाँले मुलुकमा १५ हजारसम्म सङ्क्रमित हुन सक्ने आकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी दिँदै स्वास्थ्य सामग्रीको अभाव भएका बेला प्राप्त सहयोगलाई अतिआवश्यक ठाउँ हेरेर पारदर्शीरूपमा वितरण गरिने बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष महेश नकर्मीले ३० थान भेन्टिलेटरसहित एक करोड ७० लाख मूल्य बराबरको सामान उपब्ध गराइएको जानकारी दिँदै कोरोना उपचार र रोकथामका क्रममा सरकारसँग मिलेर आगामी दिनमा पनि निरन्तर सहयोग गरिने विश्वास दिलाउनुभयो । सन् १९६६ मा बौद्ध गुरुमा चेङ येनको सक्रियतामा स्थापित फाउण्डेशनको संयुक्त राज्य अमेरिका, चीन, क्यानडासहित ६३ मुलुकमा शाखा स्थापित छन् ।
-रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  २ : १७ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द