७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ घण्टामा २०१ जना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या २३०० पुग्यो



काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या २३०० पुगेको छ । पछिल्लो २४ घण्टामाम २०१ जना थपिएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नारायणी अस्पतालको प्रयोगशालामा पर्साका ७ जना संक्रमित देखिएका छन् ।

विरानगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा धनकुटाका एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरी, ताप्लेजुङ, झापा, पाँचथर र सुनसरीका १३ जना संक्रमित देखिएका छन् ।

यस्तै, सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख र सल्यानका ३ जनामा कोरोना संक्रमण देखिएको भने सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली र डोटीका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कोशी अञ्चलको प्रयोशगालामाभएको परीक्षणमा मोरङ, झापा, तेह्थुम र सुनसरीका ५ जनामा संक्रमण देखिएको छ । यस्तै, रुपन्देहीको भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुका ६७ जनासहित पाल्पा, रुपन्देहीका ९५ जनाको कोरोना पोजेटिभ देखिएको छ ।

जनकपुरमा गरिएको परीक्षणमा महोत्तरी मटिहयानीका ९ जनालाई कोरोना देखिएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख र कालिकोटका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङ र सल्यानका ८ जना एवं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण देखिएको छ । जसमध्ये धनुषा, कपिलवस्तु, काठमाडौं मेडिकल कलेज, टोखा, नवलपरासी, रौतहट, रुपन्देही र सर्लाही, सिन्धुपाल्चोकका रहेका छन् ।

बुधबारसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडिटी विधिबाट १ लाख २० हजार ३ सय ७९ वटा परीक्षण भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडिटी विधिबाट ४ हजार ३४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

यस्तै प्रदेश नम्बर १ मा १२ हजार ६ सय ४२, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ३१, बागमती प्रदेशमा २५ हजार ९ सय ३३ र गण्डकी प्रदेशमा ९ हजार १ सय ५१ वटा आरडिटी परीक्षण भएका छन् । त्यसैगरी प्रदेश नम्बर ५ मा २६ हजार ७ सय ४४, कर्णाली प्रदेशमा १४ हजार ८ सय ४५ र सुदूरपश्चिम प्रदेशमा २३ हजार ७ सय ३३ वटा आरडिटी परीक्षण भएका छन् ।

अहिले प्रदेश नम्बर १ मा ३ हजार ८ सय, प्रदेश नम्बर २ मा २२ हजार ७ सय २, बागमती प्रदेशमा ३ हजार २ सय २७ र गण्डकी प्रदेशमा ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ४१ हजार ६ सय ८३, कर्णाली प्रदेशमा ३०ह जार १ सय ६६ र

सुदूरपश्चिम प्रदेशमा ४९ हजार ८ सय २० गरी देशभरी १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म प्रदेश नम्बर १ मा ४८, प्रदेश नम्बर २ मा १ सय ९, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा ८० र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी २ सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ४ : ५१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११