१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सरकारको कर तिर्ने म्याद अस्विकार गर्दै नेपालगन्जमा प्रदर्शन



नेपालगन्ज । सरकारले असार ७ गते सम्म थप गरेको कर बुझाउने म्याद फिर्ता लिन माग गर्दै नेपालगन्जमा उद्योगी ब्यवसायीहरुले प्रदर्शन गरेकाछन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघको आह्वानमा आज उद्योगी ब्यवसायीहरुले असार ७ को म्यादमा कर तिर्न नसकिने, लकडाउन खुलेको ३ महिना म्याद चाहियो, उद्योगी ब्यवसायलाई बांच्न देउ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेकाछन् । संघले सरकारको म्यादन थप्ने निर्णय अस्विकार गर्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । सरकारले निर्णय फिर्ता लिएर पर्याप्त म्याद नदिए थप आन्दोलनको कार्यक्रम सहित बिरोध गरिने नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

संघले सरकारको निर्णयका बिरुद्ध आजबाट आ आफ्नो पसल, उद्योग अगाडी प्लेकार्डहरु राखेर बिरोध कार्यक्रम गर्ने संचालन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासनले आज बाटै लागु हुने गरि हप्ताका बारहरुलाई पालो बांडेर ब्यवसाय संचालन गर्न पाउने गरि लकडाउनलाई खुकुलो पारेको छ ।

उद्योग वाणिज्य संघले सरकारले कर तिर्न थप गरेको समय पनि अपर्याप्त भएको जनाएको छ । संघले बुझाएको ज्ञापन पत्रमा लकडाउन अवधि भरलाई शुन्य समय मानी तिर्नुपर्ने सम्पूर्ण कर लकडाउन खुलेको कम्तीमा तिन महिना पछि तिर्ने व्यवस्था गर्नुपर्ने माग गरेको गरेको छ । सरकारको निर्णयको चौतर्फी बिरोध भएपछि अर्थमन्त्रालयले जेठ २५ गतेभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरी आजै कर तिर्ने समय असार ७ गते सम्म थप गरेको थियो ।

संघले सरकारको निर्णय खारेजी र निजीक्षेत्रलाई तत्काल सहुलियत घोषणा गर्न माग गर्दै त्यसो नगरे संघले चरणबद्ध आन्दोलन गर्ने समेत घोषणा गरेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ९ : ५८ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका