३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

स्वदेशी चुईंगममा १० प्रतिशत अन्तशुल्क : नेपाली उद्योग डुबाउने खेल



काठमाडौं । संवैधानिक प्रावधानअनुसार आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट सार्वजनिक भयो जेठ १५ गते । बजेटबारे संसदमा छलफल जारी छ । तर बजेटले दिएको तरङ्ग भने अझै पनि जारी छ ।

संसदमा सांसदहरु बजेटको नीतिगत विषयमा छलफलमा व्यस्त भैरहँदा उद्योग व्यवसायदेखि आम सर्वसाधारणसम्मले बजेटमार्फत परेको प्रभावको बारेमा लेखाजोखा गरिरहेका छन् । सरकारले दाबी गरेको छ, कृषि क्षेत्रमा बजेट पहिला भन्दा अहिले बढाएँ । तर, कृषिमन्त्री नै स्वयं बजेटप्रति असन्तुष्ट देखिएका छन् । बजेटले राष्ट्रिय उद्योगधन्दा कलकारखाना संरक्षण गर्ने र आयाता प्रतिस्थापन गर्ने नीतिगत गर्छ, तर, त्यही बजेटले राष्ट्रिय पूँजिपति वर्गलाई तरङ्गित बनाएको छ । यस्तो हुने गर्छ । सबैको चित्त बुझाएर सकिँदैन । तर, कमसेकम विद्धान अर्थमन्त्रीले साना, मझौला उद्योगहरुलाई बढी भन्दा बढी संचालन गर्नका लागि तिनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने विदेशी आयातित वस्तुलाई त नियन्त्रण गर्नुपर्ने नी । त्यस्तो नदेखिँदा उद्योगी व्यवसायी चिन्तित बनेका छन् ।

विदेशी वस्तुसँग स्वेदशमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्नुपर्दा स्वभाविक रुपमा विदेशी वस्तु हावी हुने अवस्था अहिलेको नेपालको यथार्थता हो । धेरै ठाउँमा बजेट सकारात्मक देखिएपनि बजेटका कतिपय कमजोरीले उद्योगीदेखि मजदुर र आम उपभोक्तासम्मलाई एक्कैपटक मार पर्ने दृष्टान्त पनि देखिएको छ ।

सरकारको एक कमजोरीले स्वदेशी कन्फेक्सनरी र चुईगम उद्योग संकटमा पर्ने देखिएको छ । सरकारले विदेशबाट आयात हुने कन्फेक्सनरीमा गत वर्ष ४० प्रतिशत भन्सार महशुल दर राखेको थियो । तर यसपटक घटाएर ३० प्रतिशतमा झारेको छ । जसका कारण स्वदेशी कन्फेक्सनरी उद्योगहरुले विदेशी कन्फेक्सनरीसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था उत्पन्न भएको छ । गतवर्ष विदेशी चुईंगममा १० प्रतिशत अन्त शुल्क लाग्थ्यो । नेपाली चुईंगममा अन्तशुल्कको व्यवस्था थिएन । यसवर्ष नेपाली चुईंगममा समेत १० प्रतिशत अन्तशुल्क थोपरिएको छ । समान अन्तशुल्कको व्यवस्था हुँदा नेपाली चुईंगम उद्योगहरु थप मारमा पर्ने देखिन्छ ।

कर घटाउँदैमा मोबाइलको तस्करी रोकिँदैन भनेर त अर्थमन्त्री डा. खतिवडा नै अभिव्यक्ति दिनुहुन्थ्यो । अबौंको आयात हुने चकलेट चुईंगमको विषयमा भने अर्थमन्त्रीको प्रतिक्रिया अझै आइपुगेको छैन ।

गत वर्ष चालु आर्थिक वर्षको बजेटमार्फत औद्योगिक संरक्षणका लागि भन्दै चक्लेट तथा चुईंगममा भन्सार महसुल बढाएको थियो । विदेशी चुईंगममा अन्तशुल्क कायम गरिएको थियो । ३० प्रतिशतमा उठाउँदै आएको चक्लेट/चुईंगमको महसुल ४० प्रतिशत पु-याइएको थियो । अब अहिले फेरि एकवर्षमै खोलो फर्काएर अर्बौंको चक्लेट आयातमा भन्सार घटाइएको छ । कारण झन उदेकलाग्दो छ ।

भारतमा चक्लेट, चुइगममा वस्तु तथा सेवा कर (जीएसटी) १८ प्रतिशत छ । नेपालमा यी वस्तुमा ६६ प्रतिशतसम्म कर लाग्ने गरेको छ । भारत र नेपालको करको दरबीचको अन्तर कम गर्न महसुल घटाइएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार अधिकारी बताउँनुहुन्छ । भारतबाट चोरी बढ्न थालेपछि समान दरका लागि भन्सार महसुल घटाइएको अर्थ मन्त्रालयले दाबी गरे पनि व्यवहारमा आयातलाई नै प्रोत्साहन गर्ने देखिन्छ ।

सरकारको यो निर्णयबाट नेपालका कन्फेक्सनरी उद्योग संकटमा पर्ने बताउनुहुन्छ स्वीट मार्ट फुड इन्डस्ट्रिजका सञ्चालक निरञ्जन अग्रवाल । कन्फेक्सनरी र चुईंगम आयातकर्ता मात्र नेपालमा १०० बढी छन् । नेपाली उद्योग धरासायी हुँदा आयातकर्तालाई मात्र फाइदा हुने देखिन्छ । अग्रवालका अनुसार विदेशी आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी उद्योग धरासायी बन्ने र यी उद्योगमा आश्रित झण्डै ५ हजार मजदुरको भविष्य पनि धरापमा परेको छ । र, यी उद्योगमा संकटमा पर्दा यिनमा आश्रित अन्य साना कार्टुन र्यापर उद्योगहरु पनि सँगसँगै संकटमा पर्ने देखिन्छ ।

नेपाली चुईंगममा लगाएको १० प्रतिशत अन्तशुल्क हटाउन व्यवासीले माग गरेका छन् । व्यवसायी अग्रवाल भन्नुहुन्छ, ‘नीतिगत रुपमा सरकारले स्वदेशी उद्योगको संरक्षण गर्छु भन्छ, तर व्यवहारिक रुपमा स्वदेशी उद्योगलाई अतिरिक्त शुल्क थोपरेर उठ्नै नसक्ने बनाइदिन्छ । यो दोहोरो मापदण्डले नेपालको औद्योगिक व्यवसाय फस्टाउन सक्दैन ।’

अर्थमन्त्रालयका अधिकारी भने चक्लेटमा चोरी पैठारी बढेपछि भन्सार दर घटाएको तर्क गर्छन् । ‘भन्सार घटाएर सिस्टममा ल्याउँदा त्यसबाट चोरी पैठारीबाट हुने आयात कमी आउने आँकलन गर्दै घटाएको बताउँनुहुन्छ अर्थप्रवक्ता उत्तरकुमार कार्की । तर, नेपाली चुईंगममा थोपरिएको अन्त शुल्कबारे भने कार्कीले केही बताउन चाहनुभएन । यसविषयमा आफुलाई थाहा नभएकोले भन्सारमा बुझ्नुपर्ने उहाँको प्रतिक्रिया छ ।

गतवर्ष स्वदेशी औद्योगिक संरक्षणका नाममा बढाइएको भन्सार महसुलमा यसपालि किन घटाइयो ? प्रवक्ता कार्कीका अनुसार भारतमा चक्लेट, चुइगममा लाग्ने कर र नेपालमा लाग्ने करमा ठूलो अन्तरका कारण नेपालमा भन्दा भारतमा सस्तो प¥यो । भारतबाट बढ्दो चोरीपैठारी नियन्त्रणका लागि चक्लेट, चुईंगममा महसुल बढाइएको हो । अब यही तर्कलाई सही मान्ने हो भने कर घटाउँदैमा मोबाइलको तस्करी रोकिँदैन भनेर त अर्थमन्त्री डा. खतिवडा नै अभिव्यक्ति दिनुहुन्थ्यो । अबौंको आयात हुने चकलेट चुईंगमको विषयमा भने अर्थमन्त्रीको प्रतिक्रिया आइपुगेको छैन ।

अहिले नै नेपालमा विदेशबाट अबौंको चुईङगम चक्लेट भित्रिने गरेको छ । सरकारको यौटा गलत निर्णयकै कारण नेपालका स्वदेशी उद्योग भने धरापमा पर्ने अवस्था आएको छ । वार्षिक अर्बौ रुपैयाँ अझ बढी विदेशिने देखिएको छ ।

अहिले छिमेकी भारत, चीन लगायत ९ देशबाट नेपालमा चुईङगम भित्रिइरहेको छ । नेपालमा पाँचवटा ठुला उद्योग रहेका छन् । यी उद्योगहरुले अहिले नै कर बढि तिरिरहका छन् । बजेटपछि थोपरिएको अन्तशुल्क समेत जोड्दा त उद्योग बन्दै गर्नुपर्ने अवस्था आएको स्वीट मार्ट फूड इन्डष्ट्रिजका सञ्चालक अग्रवाल बताउनुहुन्छ ।

जसरी राज्यले विदेशबाट आयात हुने सबै पेय पदार्थ आयातमा प्रतिबन्ध लगाएर सराहनीय काम गरेको छ, त्यसैगरी विदेशी चुईंगमलाई पनि समयमै प्रतिबन्ध लगाउनुपर्ने माग उद्योगीहरुले गरेका छन् । चुईंगम र चकलेटमा नेपाल आफै आत्मनिर्भर हुने अवस्थामा पुगिसकेका छन् । आत्मनिर्भर अर्थतन्त्रको नीतिलाई अघि बढाउने हो भने स्वदेशी उद्योगलाई प्रोत्साहन र संरक्षण गर्न आयात प्रतिस्र्थापन गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  १ : २४ बजे

सम्प्रेषित समाचार हटाउन भएको आदेश र पत्रकार विरुद्ध पक्राउ पुर्जीबारे यस्तोछ प्रेस काउन्सिलको धारणा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा सञ्चार माध्यमबाट सम्प्रेषित

विमान दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे भारतीय प्रधानमन्त्री मोदीले

अहमदाबाद। अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि

मुग्लिन । गर्मी बढेसँगै चितवनको इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको

पत्रकार पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्रीकाे स्वीकारोक्ति

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्री

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

नेपालगन्ज । राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट