४ श्रावण २०८२, आइतबार | July 20, 2025

सरकारले विभिन्न व्यवसायमा लाग्दै आएको करका दर र अन्तःशुल्क घटायो, विद्युतीय सवारीको मुल्य घट्ने



काठमाडौं । सरकारले उद्योग व्यवसायमा लिँदै आएको करका दर र अन्तस्शुल्क घटाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले व्यवसायमा सरकारले लगाउँदै आएको करका दर तथा अन्तस्शुल्क घटाउने निर्णय गरेको जानकारी दिए ।

मन्त्री ज्ञवालीले आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तस्शुल्क घटाउने निर्णय गरिएको बताए ।
सरकारको निर्णय बिहीबारकै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आईसकेको पनि उनले जानकारी दिए ।

सरकारका प्रवक्ता ज्ञवालीका अनुसार मन्त्रिपरिषदले मुलुकी अपराध संहिताका केहि कसुरहरुको मुद्दा हेर्ने अधिकारीकारुपमा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई तोक्ने निर्णय गरेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ [क]को कसुर सम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।

तेजाव पीडितको नाम र फोटो प्रकाशित गरी सहयोग संकलनको नाममा रकम उठाउने कार्य पनि गैह्रकानूनी ठहर गरिएको र त्यस्तो कामगर्ने कसुरमा दण्डाधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीलाई तोकीएको मन्त्री ज्ञवालीले स्पष्ट पारे ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ९ : २३ बजे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ