५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सरकारले विभिन्न व्यवसायमा लाग्दै आएको करका दर र अन्तःशुल्क घटायो, विद्युतीय सवारीको मुल्य घट्ने



काठमाडौं । सरकारले उद्योग व्यवसायमा लिँदै आएको करका दर र अन्तस्शुल्क घटाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले व्यवसायमा सरकारले लगाउँदै आएको करका दर तथा अन्तस्शुल्क घटाउने निर्णय गरेको जानकारी दिए ।

मन्त्री ज्ञवालीले आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तस्शुल्क घटाउने निर्णय गरिएको बताए ।
सरकारको निर्णय बिहीबारकै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आईसकेको पनि उनले जानकारी दिए ।

सरकारका प्रवक्ता ज्ञवालीका अनुसार मन्त्रिपरिषदले मुलुकी अपराध संहिताका केहि कसुरहरुको मुद्दा हेर्ने अधिकारीकारुपमा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई तोक्ने निर्णय गरेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ [क]को कसुर सम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।

तेजाव पीडितको नाम र फोटो प्रकाशित गरी सहयोग संकलनको नाममा रकम उठाउने कार्य पनि गैह्रकानूनी ठहर गरिएको र त्यस्तो कामगर्ने कसुरमा दण्डाधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीलाई तोकीएको मन्त्री ज्ञवालीले स्पष्ट पारे ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ९ : २३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं