२० माघ २०८२, मंगलबार | February 3, 2026

पसल खोल्न दिन काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रशासन सकारात्मक



काठमाडौं । लकडाउनकै बीचमा उपत्यकाका व्यवसायीहरुले एकतर्फी व्यापार व्यवसाय संचालन गर्न थालेपछि काठमाडौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

सरकारको निर्देशन अवज्ञा गर्दै धमाधम बजार पसल खुल्न थालेपछि बिहीबार काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले विहिबार व्यापारीहरुसंग संयुक्त छलफल गरेका हुन् ।

जिल्ला समन्वय समिति काठमाडौंमा विहिबार भएको संयुक्त छलफलले सामाजिक दुरी सहितको स्वास्थ्य सर्तकता कायम गरी बजार पसल सञ्चालन गर्ने गरी लकडाउनलाई पालना गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । सरकारले जेठ ३२ सम्मका लागि सरकारले लकडाउन लम्ब्याएको छ ।

जिल्ला समन्वय समिति काठमाडांैका प्रमुख जनकराज दाहालले छलफलले व्यापारीहरुबाट प्राप्त सुझावका आधारमा व्यवसाय सञ्चालनका लागि विभिन्न मोडल तयार पार्दे सो मोडलमा व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको बताउनुभयो । साथै छलफलको निष्कर्ष सहित व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरि लागु गर्न कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिको रुपमा पठाईने बताउनुभयो ।

छलफलमा व्यवसायीहरुले बिहान ११ बजेदेखि सांझ साढे ५ बजे सम्म उद्योग तथा बजार पसल संञ्चालनको वातावरण मिलाउन सुझाव दिएका थिए । उनीहरुले दिन विराएर पालैपालो सबै किसिमको उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएका छन् ।
शिक्षण संस्थान, धार्मिक स्थल, सिनेमा हल, जिमखाना, खेलकुद लगायत क्षेत्र बाहेक अत्यावश्यक सामान, मल,कृषि, कुरियर, सरकारी कार्यालय, निजी संघ संस्था, उद्योग, निर्माण सम्बन्धी कामको साथै सामाजिक दुरी सहितको सिट व्यवस्थापन गरी जिल्लाभित्र आन्तरिक रुपमा सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवसायीले जोड दिएका छन् ।

लामो समयको लकडाउनले स्वास्थ्य चेतना र सर्तकताबारे व्यापक चेतना वृद्धि गरेकाले जीवनरक्षा मात्रै नभई जीवन यापनका लागि अर्थतन्त्रलाई चलायमान बनाउन सबै किसिमका व्यवसायलाई व्यवस्थित ढंगले संञ्चालनको प्रबन्ध गरिनुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आव्हानमा विहिबार बिहान ११ बजेसम्म राजधानीका सबै प्रकारका पसल खुलेका छन्

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ४ : १२ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि