२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भारतबाट नेपाल छिरे लगत्तै नेपालगन्जमा आगन्तुक नेपालीलाई खाना तयार



नेपालगन्ज । भारतबाट नेपालगन्जको जमुनाहा नाका भएर नेपाल आउनेहरुलाई आजदेखि जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण शुरु गरिएको छ । ३० हजार जना सम्मलाई लक्षित गरि खाना पानी र मास्क वितरण गर्ने लक्ष्य रहेको सहयोगि संस्थाहरुले जनाएका छन् ।

सिमाबाट नेपाल भित्रिने क्रममा कतिपय नेपालीहरु भोकै रहेको जानकारी आएपछि केहि संस्थाहरु मिलेर खाना, पानी र मास्कको ब्यवस्था गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।

प्लान इनटरनेसनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले विहिबार विहान देखि जमुनाहामा खना वितरण कार्यको सुरु गरिएको हो ।

प्रदेशसभाका सभासद कृष्ण केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग, नेपाली सेनाका कर्णेल नकुल थापा र बाँकेका प्रहरी प्रमुख विर बहादुर ओली लगायतले भारतबाट आउनेहरुलाई खाना पानी र मास्क वितरण गरेर खाना खुवाउने कार्यको आरम्भ गरेका थिए ।

अहिले दैनिक जमुनाहा नाकाबाट दुई हजारको हाराहारीमा नेपालीहरु प्रवेश गरिरहेका छन् । उनिहरुलाई नाकाबाटै सिधै गाडीमा हालेर सम्बन्धित जिल्ला र पालिकाहरुसम्म पुरयाउने काम भैरहेको छ ।

बाँकेका नागरिकलाई महेन्द्र बहुमुखि क्याम्पसको क्वारेन्टाइनमा राखिने गरिएको छ भने अन्यलाई सम्बन्धित जिल्लामा सोझै पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले बताए।
विहिबार दिउँसो सम्म ६ सय बढीलाई सो खाना, पानी र मास्क वितरण गरिसकिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ६ : २३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले