७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

अनुदान दिनु भन्दा किसानको उत्पादनको बजारीकरण आजको आवश्यकता : कृषिमन्त्री भुषाल



काठमाडौ । कृषि क्षेत्रमा आमुल परिवर्तको अपेक्षा गरिएका संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले काम गर्न त्यती सजिलो नभएको बताएकाछन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित भएका मन्त्री भुसालले सामाजिक सञ्जालमा आएजस्तो र सञ्जालमा कमेन्ट गरे जस्तो काम गर्न सजिलो नभएको स्वीकार गरेका हुन् ।

उनले किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताए । उनले सरकारसंग मौज्दाज रहेको मलले नपुग्ने बताउंदै ढुवानीमा समस्या हुंदा आयातका क्रममा रहेको मल समेत नेपाल आउन नसकेको बताए । मन्त्री भुसालले सरकारसँग १५ हजार मेट्रिक टन युरिया र २० हजार टन डिएपी मल र साढे पाँच हजार मेट्रिक टन पोटास मल रहेको समितीका सदस्यहरुलाई जानकारी दिए ।

नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न नसकेको स्वीकर गर्दै मन्त्री भुसालले काम गर्न सजिलै होला भन्ने थाने पनि काम गर्न कठीन भएको खुलासा गरे । उनले सरकारसंग एक हजार मेट्रिक टन दुधको बटर, १५ सय मेट्रिकटन पाउडर दुध थुप्रिएको बताउंदै समयमा बिक्रि गर्न नसक्दा करिब दुई ढाई अर्ब रकम रोकिएको बताए । अफगानिस्तान, पाकिस्तान लगायतका देशमा बेच्न प्रयत्न गरिए पनि सफल हुन नसकिएको स्पष्ट पारे । माघ देखि ठेक्का लाग्ने प्रक्रियाका कारण सेना र प्रहरीलाई दुध र दुधजन्य पदार्थ सप्लाई गर्ने आफ्नो योजना पनि सफल नभएको कृषि मन्त्री भुसालले स्विकार गरे । उनले भने ‘मान्छेहरुले सामान्य फेसबुकमा, बाटोमा यसो गरिदिए हुन्छ नी भन्छन्, मलाई पनि त्यस्तो लाग्थ्यो त्यो सजिलो रहिन्छ ।’

उनले कृषि पेशामा लाग्ने किसानहरुको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठुलो काम भएको बताउंदै अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ८ : ३२ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का