१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अनुदान दिनु भन्दा किसानको उत्पादनको बजारीकरण आजको आवश्यकता : कृषिमन्त्री भुषाल



काठमाडौ । कृषि क्षेत्रमा आमुल परिवर्तको अपेक्षा गरिएका संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले काम गर्न त्यती सजिलो नभएको बताएकाछन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित भएका मन्त्री भुसालले सामाजिक सञ्जालमा आएजस्तो र सञ्जालमा कमेन्ट गरे जस्तो काम गर्न सजिलो नभएको स्वीकार गरेका हुन् ।

उनले किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताए । उनले सरकारसंग मौज्दाज रहेको मलले नपुग्ने बताउंदै ढुवानीमा समस्या हुंदा आयातका क्रममा रहेको मल समेत नेपाल आउन नसकेको बताए । मन्त्री भुसालले सरकारसँग १५ हजार मेट्रिक टन युरिया र २० हजार टन डिएपी मल र साढे पाँच हजार मेट्रिक टन पोटास मल रहेको समितीका सदस्यहरुलाई जानकारी दिए ।

नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न नसकेको स्वीकर गर्दै मन्त्री भुसालले काम गर्न सजिलै होला भन्ने थाने पनि काम गर्न कठीन भएको खुलासा गरे । उनले सरकारसंग एक हजार मेट्रिक टन दुधको बटर, १५ सय मेट्रिकटन पाउडर दुध थुप्रिएको बताउंदै समयमा बिक्रि गर्न नसक्दा करिब दुई ढाई अर्ब रकम रोकिएको बताए । अफगानिस्तान, पाकिस्तान लगायतका देशमा बेच्न प्रयत्न गरिए पनि सफल हुन नसकिएको स्पष्ट पारे । माघ देखि ठेक्का लाग्ने प्रक्रियाका कारण सेना र प्रहरीलाई दुध र दुधजन्य पदार्थ सप्लाई गर्ने आफ्नो योजना पनि सफल नभएको कृषि मन्त्री भुसालले स्विकार गरे । उनले भने ‘मान्छेहरुले सामान्य फेसबुकमा, बाटोमा यसो गरिदिए हुन्छ नी भन्छन्, मलाई पनि त्यस्तो लाग्थ्यो त्यो सजिलो रहिन्छ ।’

उनले कृषि पेशामा लाग्ने किसानहरुको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठुलो काम भएको बताउंदै अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ८ : ३२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान