५ श्रावण २०८३, मंगलबार | July 21, 2026

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प



तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा बढ्दो सैन्य टकरावको बीचमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालको द्वन्द्वमा होर्मुजको रणनीतिक स्ट्रेट पुनः खोल्ने उद्देश्यले दश दिनको युद्धविराम प्रस्तावलाई समर्थन गर्ने वा इजरायलको साथमा ठूलो सैन्य अभियानलाई समर्थन गर्ने दुई सम्भावित कार्यहरूको योजना अघि बढाएको अमेरिकी समाचार पोर्टल एक्सियोसले वरिष्ठ अमेरिकी तथा रइजरायली स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

एक्सियोसका अनुसार, ट्रम्पले अझै अन्तिम निर्णय लिइसकेको अवस्था छैन भने अधिकारीहरूले आगामी दिनमा वासिङ्टनले कूटनीति वा थप सैन्य वृद्धि पछ्याउँन सक्ने सुझाव दिएको छ।

एक्सियोसले रिपोर्ट गरे अनुसार कतार, इजिप्ट, पाकिस्तान र अन्य क्षेत्रीय मध्यस्तकर्ता वा सहयोगीहरुले संयुक्त राज्य अमेरिका र इरान बीच दश दिनको युद्ध–विरामको प्रस्ताव राखेका छन् ।

उक्त प्रस्तावमा शत्रुता अस्थायी रूपमा रोक्नु, स्ट्रेट अफ होर्मुज हुँदै ढुवानी मार्गहरू पुनः खोल्नु र समुद्री पारवहनलाई नियन्त्रण गर्ने दीर्घकालीन व्यवस्थापनका लागि वार्ता गर्न कूटनीतिक प्रयास गर्ने विषय समावेश गरिएको छ ।

क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै एक्सियोसले ट्रम्प प्रशासनले प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ ।

यद्यपि, अमेरिकाले थप लडाकू विमान र हवाई इन्धन साधनहरु तैनाथ गरेर यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ, भने इजरायलले कूटनीति असफल भएमा व्यापक सैन्य अभियानको सम्भावनाका लागि तयारी गरिरहेको बताइएको छ ।

वासिङ्टन र तेहरानले अहिलेसम्म युद्धविराम प्रस्ताव स्वीकार नगरी दुवै पक्षले आफ्नो वार्ताको स्थिति बलियो बनाउन खोज्दा खोज्दै पनि सैन्य कारबाही जारी राखेको एक्सियोसले रिपोर्ट गरेको छ ।

रिपोर्टका अनुसार यस महिनाको सुरुमा मस्कटमा ओमान, इरान र कतारसँगको छलफल पछि क्षेत्रीय मध्यस्थकर्ताहरूले वार्तालाई पुनर्जीवित गर्ने प्रयास गरिरहेका छन् ।

प्रस्तावित सम्झौताले दश दिने युद्धविरामको समयमा स्ट्रेट अफ होर्मुज हुँदै दुवै ढुवानी मार्गहरू पुनः खोल्ने र संयुक्त राज्य अमेरिका र इरानले दीर्घकालीन सम्झौताको लागि वार्ता गर्ने जनाइएको छ ।

एक्सियोसले यो प्रस्तावमा इरान र ओमानलाई ढुवानी–सम्बन्धित सेवाहरूका लागि “उचित सेवा शुल्क“ सङ्कलन गर्न अनुमति दिने वा अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) को सहभागितामा संयुक्त कोष सिर्जना गर्ने लगायतका भविष्यका समुद्री सुरक्षा व्यवस्थाहरूका लागि विकल्पहरू समावेश भएको पनि रिपोर्ट गरेको छ ।

जोर्डनमा इरानी क्षेप्यास्त्र आक्रमणमा अमेरिकी सेनाका सदस्यहरू मृत्य भए पछि युद्धविरामका प्रयासहरू सुस्त भएको एक्सियोसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले इरानलाई समझदारी ज्ञापनपत्र उल्लङ्घन गरेको र होर्मुजको जलमार्गमा जारी आतङ्कवादी गतिविधिको भुक्तान गर्नमा ध्यान केन्द्रित गरेको एक वरिष्ठ अमेरिकी अधिकारीलाई उदृत गर्दै एक्सियोसले बताएको छ । अमेरिकी सैनिकहरूको हत्या गरेकोमा इरानलाई पनि जवाफ दिनु पर्ने बताउदै राष्ट्रपति ट्रम्पले अन्य निर्णय नगरे सम्म विनाशकारी आक्रमण जारी रहने बताएको अधिकारीले बताएका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले थप तनाव रोक्न मध्यस्थकर्ताहरू प्रयासमा संलग्न रहेको पुष्टि गरेका छन् ।

मध्यस्थकर्ताहरूमार्फत पठाइएको प्रस्तावहरू प्राप्त भइसकेको तर यस चरणमा उनीहरू बीच छलफल नभएको बाघाईले पत्रकारहरुसँगको साक्षात्कारमा उल्लेख गरेका छन् ।

उनले इरानको सशस्त्र बलले “अमेरिकी आक्रमणको स्रोतमा बलपूर्वक जवाफ दिने र आक्रमण जारी राख्ने जनाएको छ ।

कूटनीतिक प्रस्तावमा अन्तिम निर्णय लिनु अघि ह्वाइट हाउसले थप आक्रमण गर्न सक्ने क्षेत्रीय स्रोतका साथ ट्रम्पले अस्थायी युद्धविरामको विकल्प रोज्ने वा सैन्य कारबाही जारी राख्ने भन्ने कुरा स्पष्ट नभएको एक्सियोसले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ४ : ३८ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ