१७ श्रावण २०८३, आइतबार | August 2, 2026

लकडाउन मोडालिटी र स्वास्थ्य संकटकाल घोषणा गर्न बसेको मन्त्रिपरिषद् बैठक अनिर्णित



काठमाडौं । लकडाउनको मोडालिटी र जनस्वास्थ्य संकटकाल लगाउने निर्यय गर्न मन्त्रिपरिषद् बैठक अनिर्णित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेदेखि बसेको बैठकमा कुनै निर्णय नभएपछि उच्चस्तरीय समन्वय समितिलाई जिम्मा दिइएको छ ।

क्राइसिस म्यानेजमेन्ट कमिटीले तयार पारेको असोज महिनासम्मको मोडालिटिबारे छलफल भएपनि निर्णय नभएपछि उच्चस्तरीय समितिलाई जिम्मा दिइएको हो ।

यस्तै स्वास्थ्य क्षेत्रमा संकटकाल लगाउने स्वास्थ्य मन्त्रालयको प्रस्तावबारे पनि कुनै निर्णय भएन ।

संक्रामक रोग ऐन २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार जनस्वास्थ्य विपदको अवस्था घोषणा गर्न मन्त्रालयले प्रस्ताव गरेको थियो । यसबारे पनि थप छलफल गर्नुपर्ने देखिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताउनुभयो ।

बिहीबार अपरान्ह संकटकाल घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाउनुभएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ८ : ४२ बजे

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौं । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी