२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । अहिले देशभर स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा उत्पन्न “निसर्ग” चक्रवात कमजोर भई बनेको न्युन चापीइ क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ का अधिकांश भागमा मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू–भागमा मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश ५, सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती प्रदेश २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा मौसम सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का बाँकी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : ५६ बजे

उम्मेदवारहरुले धामाधम् मतदान गर्दै, शर्मा, घिसिङ र पोखरेलले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका–९ स्थित

प्रचण्डले गरे चितवनबाट मतदान, मतदानपछि रुकुमपूर्व प्रस्थान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित

रुपन्देही-२ मा काँग्रेस उम्मेदवार चुन्नले बुटवल ४ बाट गरे मतदान

बुटवल । रुपन्देही-२ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद

प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदान सुरु

काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य