११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

विदेशबाट नेपालीको उद्दार कार्य सुरु, शुक्रबार म्यानमारबाट २६ नेपाली काठमाडौं ओर्लिए



काठमाडौं । विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिक उद्दार गर्न सरकारले सुरु गरेको छ । शुक्रबार बिहान म्यानमारबाट २६ जना अलपत्र नेपाली नागरिक काठमाडौं ओर्लिएका छन् ।

म्यानमार सेनाको एयरफोर्सको विमान उनीहरुलाई लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहान १०: ४३ मा अवतरण भएको थियो ।
विमानस्थलमा ओर्लिए लगत्तै उनीहरुको सात दिनअघिसम्मको स्वास्थ्य परीक्षण जाँच गरिएको छ ।

म्यानमार सेनाको एयरफोर्सको म्यानमार सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । सोहि जहाजले फर्कदा नेपालबाट ४३ जना म्यानमारका नागरिक लिएर फर्कने छ।

कोरोना महामारी रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले तयार गरेको गाइडलाइन अनुसार नेपाल ओर्लिका २६ नागरिकको स्वास्थ्य परीक्षण गरेपछि नेपाली सेनाले वसुन्धारास्थित यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा लगिएको छ । सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएका कारण भोलि घर पठाइने छ ।

होल्डिङ सेन्टरमा उद्दार गरिएका सबैको व्यक्तिगत विवरण संकलन गरिनेछ । विमानस्थलमा सबैलाई सिम कार्ड वितरण गरिने र सोही कार्डमार्फत सबैको ट्रायकिङ गर्ने सीएमसीको योजना रहेको छ ।

विदेशमा स्वास्थ्य परीक्षण गराएर नेगेटिभ भएकाहरुलाई यसरी ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाली सेनाको सहयोगमा काठमाडौँमा पनि आवश्यक स्वास्थ्य परीक्षण गर्नेछ । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको बनाइएको छ ।

काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्माण गरिएको छ । काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाडौँ भक्तपुरमा एक–एक हजार क्षमताको बनाइएको छ भने ललितपुरमा ९०० क्षमताको छ ।

सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई रहेको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । सरकारले काठमाडौँको यती पार्टी प्यालेस वसुन्धरा, स्काइजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारामा होल्डिङ सेन्टर तयार पारेको छ । जगेडाका रूपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेको होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रूपमा राखिनेछ ।

भक्तपुर एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रूपमा राखिनेछ । प्रजिअ पाण्डेले भक्तपुरमा फोटोसहितको फाराम भर्ने व्यवस्था मिलाइएको तथा रात बस्नुपर्ने अवस्था हुनसक्ने भएकाले आवश्यक श्ययाको समेत व्यवस्थापन गरिएको छ ।

ललितपुरमा ९०० जनाका लागि डिलाइट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्कोमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रूपमा सिद्धार्थ कलेज धोवीघाट तयार पारिएको छ । सबै होल्डिङ सेन्टरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैज्ञानिकरूपमा व्यवस्थापन गरिएको छ । अभिलेख राख्नेदेखि स्वास्थ्य जाँच गर्ने, विश्राम गर्ने स्थानको समेत आवश्यक व्यवस्थापन गरिएको छ । सेन्टरमा विशेषज्ञ चिकित्सकसहिको टोली रहनेछ ।

श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भइ काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ । यस्तै आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङगता भएका व्यक्तिलाई प्राथमिकतामा राखिएको छ ।

शुक्रबार नै यूएईबाट पनि १६८ नेपालीको उद्दार गरिँदैछ । वैदेशिक रोजगारीको सिलसिलामा पुगेका नेपाली नागरिकलाई यूएई सरकारले नै आफ्नो जहाजबाटै फर्काउन लगेको हो।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ११ : ५८ बजे

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केखोलाको अतिक्रमण

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी