२१ भदौ २०८३, आइतबार | September 6, 2026

दैलेखमा एकै दिन ११३ संक्रमण पुष्टी, आजैबाट अनिश्चितकालिन निषेधाज्ञा



सुर्खेत। एकै दिन ११३ जनामा संक्रमण पुष्टी भएपछि दैलेखमा आज सांझबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । आज साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। विहीवारमात्र दैलेखमा ११३ जनामा संक्रमण देखिएपछि जिल्ला सुरक्षा समितिले निषेधाज्ञा (कर्फ्यू ) लगाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ, भिरतेत, उत्तरमा छात्रा र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुङ्गेश्वर, चुप्रा, शिरस्थान, पश्चिममा पादुकाखोला, कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरमा लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, बैंकिङ्ग, आन्तरिक सुरक्षा, खानेपानी तथा विद्युत सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण, फोहोरमैलाको व्यवस्थापन बाहेकका अन्य सबै सेवारस्थलहरुमा निषेधाज्ञा गरिएको प्रशासनले विज्ञप्तिमार्फत जनाएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा गरेको हो।

निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने चेतावनी दिइएको छ। दैलेखमा अहिले सम्म २१८ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भइसकेको छ। कर्णालीका दश जिल्लामध्ये सबैभन्दा बढी संक्रमित भएको जिल्ला दैलेख हो।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : ४७ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा