१५ चैत्र २०७९, बुधबार | March 29, 2023

दैलेखमा एकै दिन ११३ संक्रमण पुष्टी, आजैबाट अनिश्चितकालिन निषेधाज्ञा



सुर्खेत। एकै दिन ११३ जनामा संक्रमण पुष्टी भएपछि दैलेखमा आज सांझबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । आज साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। विहीवारमात्र दैलेखमा ११३ जनामा संक्रमण देखिएपछि जिल्ला सुरक्षा समितिले निषेधाज्ञा (कर्फ्यू ) लगाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ, भिरतेत, उत्तरमा छात्रा र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुङ्गेश्वर, चुप्रा, शिरस्थान, पश्चिममा पादुकाखोला, कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरमा लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, बैंकिङ्ग, आन्तरिक सुरक्षा, खानेपानी तथा विद्युत सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण, फोहोरमैलाको व्यवस्थापन बाहेकका अन्य सबै सेवारस्थलहरुमा निषेधाज्ञा गरिएको प्रशासनले विज्ञप्तिमार्फत जनाएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा गरेको हो।

निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने चेतावनी दिइएको छ। दैलेखमा अहिले सम्म २१८ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भइसकेको छ। कर्णालीका दश जिल्लामध्ये सबैभन्दा बढी संक्रमित भएको जिल्ला दैलेख हो।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : ४७ बजे

गठबन्धन बैठक निष्कर्षविहीन, ३ बजे पुनः बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन ।

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई

आज चैते दशैं, यस्तो छ चैते दशैंको धार्मिक महिमा

काठमाडौं । आज हिन्दुहरुको दोस्रो दशैंकारुपमा चैते दशैं पर्व मनाइँदै

बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई