४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा



काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व, मध्य र पश्चिमका केही तथा मध्य पश्चिम र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भएको जनाइएको छ । सबै क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ ।

निसर्ग आँधीको सामान्य प्रभाव रहेको र प्रभाव कम हुने क्रममा भए पनि न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली तथा वर्षा भएको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो देशका अधिकांश क्षेत्रमा पूर्ण बदली रही बाँकी भू–भागको मौसम सामान्य बदली हुनेछ । देशभरका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ७ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको