१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

कोरोना महामारीको नयाँ केन्द्र बन्यो ब्राजिल



एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्म ६८ लाख ४४ हजार नाघेको छ । त्यस्तै मृतकको संख्या ३ लाख ९८ हजार नाघेको छ ।

यसै सन्दर्भमा हालै मात्र लकडाउन खोलेको मुलुक ब्राजिल कोरोना महामारीको नयाँ केन्द्र बनेको छ । पछिल्लो २४ घण्टामा १४७३ जनाको मृत्युसंगै ब्राजिलले ईटलीलाई पछि छाडेको छ ।

मृतकको तथ्यांक अनुसार ब्राजिल विश्वकै तेस्रो स्थानमा आइपुगेको छ । यहाँ हालसम्म ३५ हजार बढीको मृत्यु भैसकेको छ । त्यस्तै कुल संक्रमितको संख्या ६ लाख ४६ हजार नाघेको छ ।

वोल्डोमिटरले जारी गरेको तथ्यांक अनुसार बढी मृत्यु हुने मुलुक अमेरिकामा १ लाख ११ हजार बढीले ज्यान गमाइसकेका छन भने दोस्रो स्थानमा रहेको ब्रिटेनमा ४० हजार बढीले ज्यान गुमाइसकेका छन ।

दिनानुदिन मृतकको संख्या बढ्दै गैरहेको मुलुक ब्राजिलमा हालसम्म गरिएको परीक्षण मध्ये ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिनु अर्को ठूलो समस्या बनेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ७ : ४१ बजे

विष्णु पौडेलको प्रतिवद्धताले मतदाता आर्कषण, पूरा योजना पूरा गरी नयाँ कार्यान्वयनमा लैजान आग्रह

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नं २ बाट उम्मेदवार

नारायणप्रसाद आचार्य पुनः चुनावी मैदानमा, अधुरा योजना पूरा गर्ने प्रतिबद्धता

पाल्पा । पाल्पा क्षेत्र नम्बर १ का पूर्व प्रतिनिधिसभा सदस्य

बुटवलमा मगर दिवसको अवसरमा ‘कानुङ साँझ’ कन्सर्ट हुँदै

बुटवल । मगर दिवसको अवसर पारेर बुटवलमा ‘कानुङ साँझ’ नामक

ट्रम्पको प्रश्न – इरान किन झुकेको छैन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन