४ पुस २०८२, शुक्रबार | December 20, 2025

इन्डोनेसियाका मस्जिदहरुमा प्रार्थना गर्न छुट



रासस/एपी । इन्डोनेसियाको राजधानी जकार्तामा मुस्लिम समुदायले नौ हप्तापछि पहिलो पटक मस्जिदहरुमा सामूहिक प्रार्थना गरेका छन् । कोरोनाभाइरसका कारण बन्द गरिएका मस्जिदहरु पुनः खुला गरिएको हो ।

प्रार्थनामा सहभागी हुन चाहने व्यक्तिहरुको मस्जिदको ढोकामा शरीरको तापक्रम लिनुका साथै हातमा स्यानिटाइजर लगाइएको थियो । प्रहरी र सेनाले सहभागी व्यक्तिहरुले सामाजिक दूरी कायम गरे नगरेको तथा मास्क लगाए नलगाएको अनुमगन गरेका थिए ।

प्रार्थना गर्दा आवश्यक पर्ने सरसामान आफैं ल्याउनु पर्ने तथा हात मिलाउन वा अंगालो मार्न निषेध गर्नुका साथै एक अर्काबीच कम्तीमा ३ फिटको दूरी कायम गर्न भनिएको छ ।

इन्डोनेसियामा कोरोनाभाइरसबाट हालसम्म २८ हजार ८१८ जना संक्रमित भएका र १ हजार ७२१ जनाको मृत्यु भएको छ । राष्ट्रपति जोको विडोडोले कोरोनाभाइरसबाट सुरक्षित रहँदै मुलुकको अर्थतन्त्रलाई सही ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारले स्वास्थ्य नियमहरुको परिपालना गराउन तीन लाख ४० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । इन्डोनेसियामा जुलाईको अन्त्यदेखि प्रतिबन्धहरु पूर्णरुपमा हटाउने तयारी भइरहेको छ ।

प्राग– चेक गणतन्त्रले छिमेकी मुलुकहरु अस्ट्रिया, जर्मनी र हङ्गेरीबाट हुने यात्रा प्रतिबन्धहरु पूरै हटाएको छ । प्रधानमन्त्री आन्द्रेज बाबिसले तीन मुलुकमा रहेका तर कोरोनाभाइरस नेगेटिभ रहेका चेक नागरिकलाई स्वदेश फर्कन अनुमति दिइएको बताए ।

चेक गणतन्त्र र स्लोभाकियाले बिहीबार साझा सीमामा लागू सबै प्रतिबन्धहरु रद्द गरेका छन् । प्रधानमन्त्री बाबिसले सीमा खुला गरेसँगै पर्यटन र व्यापार क्षेत्रले पुनर्जीवन प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

कोरोनाभाइरस महामारीका कारण चेक गणतन्त्रको अर्थतन्त्रमा ठूलो नोक्सानी भएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ८ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको