३० श्रावण २०८३, शनिबार | August 15, 2026

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो



जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

मिडिया रिपोर्टका अनुसार सो भयानक विस्फोट उत्तरी सुलावेसी प्रान्तमा भएको हो । पहिलो विस्फोट मंगलबार राति भएको थियो भने बुधबार लगातार चारवटा विष्फोट भएको थियो । जसका कारण उक्त क्षेत्रको अवस्था नाजुक बनेको छ । ज्वालामुखी एजेन्सीले खतराको स्तरमा उच्च सतर्कता स्तर ४ मा बढाएको छ ।

समाचार अनुसार  निषेधित क्षेत्रको आकार ४ बाट ६ किलोमिटरसम्म बढाइएको छ । रुआङका ८०० भन्दा बढी बासिन्दाहरूलाई पहिलो पटक राज्यको राजधानी मनाडोबाट १०० किलोमिटर टाढा टागुलान्डाङ टापुमा लगिएको छ । निषेधित क्षेत्र विस्तार भए पछि बिहीबार बिहान थप मानिसलाई विस्थापित गर्नुपरेको थियो । उक्त क्षेत्रका करिब ११ हजार ६१५ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रकोप तथ्याङ्क, सञ्चार तथा सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीले जानकारी दिए ।

अधिकारीहरूले डराउँछन् कि यस पटक ज्वालामुखीको एक भाग सन १८७१ विष्फोट जस्तै समुद्रमा खसेको छ । यसले इन्डोनेसियामा सुनामीको जोखिम बढाउन सक्छ र ज्वालामुखी अझै बढन सक्छ ।

मनाडोस्थित साम रतुलाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार साँझसम्म बन्द गरिएको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरपोर्टले दक्षिण कोरिया, चीन र सिंगापुरलगायत अन्य देशहरूमा सेवा दिन्छ । यसबाहेक, मलेसियाको कोटा किनाबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र जाने उडानहरूमा अवरोधहरू भएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ७ : १७ बजे

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।