२० मंसिर २०८२, शनिबार | December 6, 2025

धौलागिरिमा कोरोना सङ्क्रमित सङ्ख्या ३०



बागलुङ । धौलागिरि क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । मुस्ताङबाहेक यहाँका तीनै जिल्लामा सङ्क्रमण देखिएको छ । शनिबार बागलुङ, ताराखोला गाउँपालिकाका ३९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै कूल सङ्क्रमितको सो सङ्ख्या पुगेको हो ।

बिहीबार बागलुङमा १०, पर्वतमा चार र म्याग्दीमा एक सङ्क्रमित थपिएका थिए । त्यसअघि बागलुङका आठ, पर्वतका पाँच र म्याग्दीका एक जनामा कोरोना देखिएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म बागलुङका १९, पर्वतका नौ र म्याग्दीका दुईमा सङ्क्रमण पुष्टि भएको छ ।

तीनै जिल्लामा अहिलेसम्म पत्ता लागेका सङ्क्रमित सबै विदेशबाट आएका हुन् । यस क्षेत्रमा पहिलोपटक गत चैत १५ मा बागलुङकी १९ वर्षीया युवतीमा सङ्क्रमण देखिएको थियो । त्यसको एक सातापछि बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको थियो । दुवै जना चैत ४ मा बेल्जियमबाट आउँदा सङ्क्रमित भएका थिए । उनीहरु कोरोनामुक्त भइसकेका छन् ।

बागलुङ, पर्वत र म्याग्दीमा गरी २८ जनामा अहिले कोरोना भाइरसको सक्रिय सङ्क्रमण छ । सबै सदरमुकामस्थित अस्पतालका आइसोलेसनकक्षमा उपचाररत छन् । चिकित्सकका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य छ । पछिल्लो समय भारतबाट आई क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना परीक्षण बढाइएसँगै सङ्क्रमित भेटिन थालेका हुन् । बागलुङमा शुरुमा भेटिएका दुई महिलाबाहेक सबै हालै भारतबाट आएका व्यक्ति हुन् ।

बागलुङमा मात्रै भारतबाट आएका एक हजार ४४९ जना क्वारेन्टिनमा छन् । उनीहरुमध्ये झण्डै ४०० जनाको कोरोना जाँच गरिएको छ । पर्वत, म्याग्दीमासमेत हालै भारतबाट आएकाहरु सयौँको सङ्ख्यामा छन् । भारतबाट आएकामध्ये कमको मात्र कारोना परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले भारतबाट आई क्वारेन्टिनमा बसेका सबैको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताउनुभयो ।

सङ्क्रमित बढेसँगै आइसोलेसनकक्ष थप्न स्थानीय तह जुटेका छन् । बागलुङ सदरमुकामस्थित धवलागिरि अस्पतालका आइसोलेसन श्यया सङ्क्रमितले भरिएका छन् । आज कोरोना पुष्टि भएका ताराखोलाका सङ्क्रमितलाई पनि सोही अस्पताल ल्याइँदैछ ।

धौलागिरि अस्पतालमा आइसोलेसन श्यया बढाएर २४ पु¥याइने र बाहिर ८५ श्ययाको प्रि–आइसोलेसनकक्ष बनाउने निर्णय भएको प्रमुख गुरौले बताउनुभयो । उहाँका अनुसार धवलागिरि बहुमुखी क्याम्पसमा ५०, गलकोट, कुश्मीसेरा र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२–१२ श्ययाको प्रिआइसोलेन कक्ष बनाइनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १ : ३८ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले