१० भदौ २०८३, बुधबार | August 26, 2026

पुर्बी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या १७ पुग्यो



पोखरा । नवलपुरमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी जनस्वास्थ्य निर्देशनालय प्रमुख बिनोद बिन्दु शर्माले संक्रमित पुष्टि गर्नुभयो । योसँगै नवलपुरमा संक्रमितको संख्या १७ पुगेको छ भने १ जना निको भएको तथ्याङ्क नवलपुरमा रहेको छ ।

नवलपुरको हुप्सेकोट वडा नम्वर २ का ४ जना पुरुषमा संक्रमण देखिएको खवर जिल्ला स्वास्थ्य कार्यालय नवलपुरलाई प्राप्त भएको छ ।

कार्यालय प्रमुख केशवप्रसाद चापागाईले दिनुभएको जानकारी अनुसार आज आईतवार संक्रमण देखिएका ४ जना नै बिभिन्न मितिमा भारतवाट आएर गाउँपालिकाले तयार पारेको क्वारेन्टाईनमा बसेकाहरु हुन् । संक्रमित २०, २५, ३५ र ४५ बर्ष उमेरका छन् ।

संक्रमितमध्ये १ जनालाई भरतपुरको आईशोलेन तथा ३ जनालाई प्राकृतिक चिकित्सालय रजहरको आईशोलेशनमा राख्ने ब्यवस्थामा कोरोना द्रुत प्रतिरक्षा टीम लागिसकेको छ ।

आज हुप्सेकोटका क्वारेन्टाईनमा बसेका स्थानीयमा संक्रमण देखिएसँगै यहाँका ८ पालिकामध्ये ५ बटा पालिकामा संक्रमित फेला परेका छन् ।

यहाँको देबचुलीमा ५ जना, बिनयी-त्रिबेणीमा ५ जना, हुप्सेकोटमा ४ जना, कावासोतीमा २ जना र बुलिङटारमा १ जनामा गरी १७ जना संक्रमित पुष्टि भएका छन् । यीमध्ये नवलपुरकी एक महिला संक्रमणम’क्त भएकी छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : ०७ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त