१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

भारतमा कोरोना संक्रमण दर तिब्र गतिमा बढ्दै, विश्वको पाँचौं नम्वरमा उक्लिँदा नेपाललाई तनाब



काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । विश्वकै दोस्रो धेरै जनसंख्या भएको भारतमा संक्रमितहरु बढेसँगै नेपालमा समेत तनाब थपिँदै गएको छ ।

भारत यूरोपका स्पेन र इटलीलाई पछि पार्दै पाँचौं संक्रमित मुलुक बनेको छ । भारत सरकारको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार ६५७ पुगेको छ । जसमध्ये ६ हजार ६४२ जनको मृत्यु भैसकेको छ । भारतमा शनिबार मात्रै ३ सयको मृत्यु भएको छ । १ लाख १४ हजार ७२ बिरामी भने निको भएर घर फर्किसकेका छन् ।

भारतमा जनसंख्याको हिसाबले संक्रमितको संख्या त्यति धेरै नदेखिएपछि संक्रमण दर तिब्र गतिमा बढिरहेको छ । भारतीय चिकित्सकहरुले पनि देशभित्रको अस्तव्यस्त अवस्था र परीक्षणमा आम मानिसको पहुँच कम भएकै कारण संक्रमण भित्रभित्रै भुसको आगोको रुपमा फैलिएको चेतावनी दिइरहेका छन् । यद्यपी, भारत सरकारको स्वास्थ्य मन्त्रालयले भने रिकभरी रेट सन्तोषजनक भएको भन्दै चिन्ता लिन नपर्ने दाबी गर्दै आएको छ ।

भारतमा काम गर्न गएका धेरै नेपाली नागरिकलाई समेत भारतमै कोरोना संक्रमण लागेको । यद्यपी, नेपाली नाागरिक भारतमा रोजगारी गुमेपछि स्वदेश फर्किँदा उनीहरुसँगै कोरोना पनि भित्रिएको छ । देशभित्र सीमा नाकामा अव्यवस्थित ढंगले प्रवेश र कमजोर क्वारेन्टाइन व्यवस्थाका कारण नेपालमा पनि संक्रमितको तथ्यांकको पारो बढिरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : ३६ बजे

विष्णु पौडेलको प्रतिवद्धताले मतदाता आर्कषण, पूरा योजना पूरा गरी नयाँ कार्यान्वयनमा लैजान आग्रह

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नं २ बाट उम्मेदवार

नारायणप्रसाद आचार्य पुनः चुनावी मैदानमा, अधुरा योजना पूरा गर्ने प्रतिबद्धता

पाल्पा । पाल्पा क्षेत्र नम्बर १ का पूर्व प्रतिनिधिसभा सदस्य

बुटवलमा मगर दिवसको अवसरमा ‘कानुङ साँझ’ कन्सर्ट हुँदै

बुटवल । मगर दिवसको अवसर पारेर बुटवलमा ‘कानुङ साँझ’ नामक

ट्रम्पको प्रश्न – इरान किन झुकेको छैन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन