१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा सचिवालय बैठक भोलि, एमसीसीबारे छलफल हुने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन एमसीसी बारे छलफल हुने बताइएको छ ।

नेकपाभित्र एमसीसी पारित गर्ने या नगर्ने भन्ने विषयमा तिब्र विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी अहिलेकै अवस्थामा पारित गरिहाल्नुपर्ने पक्षमा हुनुहुन्छ । तर, अध्यक्ष प्रचण्ड सहित धेरै नेताहरु एमसीसी परिमार्जनसहित मात्र पारित हुनुपर्ने अडानमा हुनहुहुन्छ ।

नेकपाभित्र एमसीसी लफडा बढेपछि गत केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो । कार्यदलले पनि एमसीसी परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने सुझाव दिएको थियो ।

तर, बजेटमा एमसीसी परियोजनाअन्तर्गत सहायता लिने भनेर उल्लेख गरिएपछि नेकपामा पुनः विवाद बल्झिएको थियो । विवाद समाधान गर्न बसेको सचिवायलयको अघिल्लो बैठकले तत्काल एमसीसी परियोजना अघि नबढाउने, संसदले पारित नगरे वैकल्पिक व्यवस्थाबारे सोच्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ३ : २० बजे

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष