२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाबुरामको नाममा टिपेक्स लगाउँदै जसपा निर्वाचन आयोगमा दर्ता



काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्षबाट डा. बाबुराम भट्टराईको नाम काटिएको छ ।

दिउँसोसम्म तीन अध्यक्षात्मक प्रणालीमा पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने भनिए पनि अन्तिममा भट्टराईको नाममा टिपेक्स लगाएर चौंथो बरियतामा राखिएको छ । दोस्रो नं. बाट चौंथो नं.मा पुर्याइएको विषयले राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न भएको छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी आइतबार (जसपा) निर्वाचन आयोगमा दर्ता भएको हो ।

दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार मात्रै पार्टी पदाधिकारीको बारेमा सहमति जुटेको थियो ।

दल दर्ता भएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दुई अध्यक्ष र तीन जना वरिष्ठ नेताको नाम राखेर ५३ सदस्य कार्यकारी समितिको तर्फबाट दल दर्ता भएको बताउनुभयो ।

उहाँले जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको र वरिष्ठ नेतामा डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोको नाउँमा सहमति जुटेको बताउनुभयो ।

बाँकीको जिम्मेवारी दल दर्ताको प्रक्रिया पुरा भएपछि तोकिने उहाँले बताउनुभयो । उहाँले जसपामा राजनीतिक समितिमा १ सय ५१ सदस्य र केन्द्रीय समितिमा ७ सय १ जना रहने सहमति भएको र यसको पूर्णता पनि दल दर्ताको प्रक्रियाको क्रममा नै हुने बताउनुभयो ।

दल दर्ताका लागि शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरु निर्वाचन आयोगको कार्यालय पुगेका थिए । जसपाले दल दर्ता नम्बर १३९२ पाएको छ ।

सरकारले दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएपछि गत बैशाख १० गते समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गर्ने सहमति भएको थियो । बैशाख ११ गते दुवै पार्टीका नेताहरु आयोग पुगेर एकता बारे लिखित जानकारी गराएका थिए ।

आयोगमा लिखित जानकारी गराएको ४५ दिन भित्रमा दल दर्ता गराउनुपर्ने प्रावधान अनुसार अन्तिम दिन आइतबार जसपाका नेताहरुले दल दर्ता गराएका हुन् ।


प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ८ : ०७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय