४ पुस २०८२, शुक्रबार | December 20, 2025

धार्मिक क्षेत्रका पशुपक्षीलाई विश्व हिन्दू युवा सङ्घको आहरा



काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा विभिन्न धार्मिकस्थलमा खान नपाएका पशुपक्षीका लागि विश्व हिन्दू युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले आहाराको व्यवस्था गरेको छ ।

प्राणीको रक्षा गर्ने उद्देश्यले गाई, गोरु, बाँदर, परेवा, कुकुर लगायतलाई खाना र दाना खुवाइएकोे समितिका सचिव सागर थापाले जानकारी दिनुभयो ।

पशुपति क्षेत्र, नन्दी आश्रम, गोठाटार, बौद्धनाथ, स्वयम्भूनाथ, गुह्येश्वरी, मैतीदेवी, भद्रकालीलगायत धार्मिकस्थलका पशुपक्षीलाई यो सेवा दिइएको समितिले जनाएको छ ।

बल्खुस्थित तरकारी तथा फलफूल विकास समितिको सहयोगमा विभिन्न क्षेत्रमा हजारौँ मानिसलाई निःशुल्क तरकारी पनि वितरण गरिएको छ ।

नेपाल मारवाडी परिषद्को सहयोगमा निःशुल्क रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि पनि वितरण गरिएको जनाइएको छ । बन्दाबन्दीको पहिलो दिनदेखि नै विभिन्न संस्थाको सहयोगमा सेवा गर्दै आएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ९ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको