१ चैत्र २०८२, आइतबार | March 15, 2026

धार्मिक क्षेत्रका पशुपक्षीलाई विश्व हिन्दू युवा सङ्घको आहरा



काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा विभिन्न धार्मिकस्थलमा खान नपाएका पशुपक्षीका लागि विश्व हिन्दू युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले आहाराको व्यवस्था गरेको छ ।

प्राणीको रक्षा गर्ने उद्देश्यले गाई, गोरु, बाँदर, परेवा, कुकुर लगायतलाई खाना र दाना खुवाइएकोे समितिका सचिव सागर थापाले जानकारी दिनुभयो ।

पशुपति क्षेत्र, नन्दी आश्रम, गोठाटार, बौद्धनाथ, स्वयम्भूनाथ, गुह्येश्वरी, मैतीदेवी, भद्रकालीलगायत धार्मिकस्थलका पशुपक्षीलाई यो सेवा दिइएको समितिले जनाएको छ ।

बल्खुस्थित तरकारी तथा फलफूल विकास समितिको सहयोगमा विभिन्न क्षेत्रमा हजारौँ मानिसलाई निःशुल्क तरकारी पनि वितरण गरिएको छ ।

नेपाल मारवाडी परिषद्को सहयोगमा निःशुल्क रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि पनि वितरण गरिएको जनाइएको छ । बन्दाबन्दीको पहिलो दिनदेखि नै विभिन्न संस्थाको सहयोगमा सेवा गर्दै आएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ९ : ५२ बजे

‘पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही’

मान्म । जिल्ला प्रशासन कार्यालय कालीकोटले पेट्रोलियम पदार्थ तथा एलपी

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने,

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत्

समानुपातिक सांसदको नाम टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ प्राप्त सिटका आधारमा सांसदको