३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना शीघ्र पारित गर्न निर्देशन



काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको नियुक्तिमाथि प्रश्न उठाउँदै निजको शैक्षिक योग्यताबारे छानबिन गर्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिप्रति व्यापक विरोध भएको जनाउर्दै निजको नियुक्तिबारे स्पष्ट गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषलाई निर्देशन दिएको हो ।

समितिले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी कागजात तीन दिनभित्र समितिसमक्ष पेस गर्न निर्देशन पनि दिएको छ ।

पर्यटनमन्त्री पदेन अध्यक्ष रहने पशुपति क्षेत्र विकास कोष परिषद्को हालैको बैठकले कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो । बैठकमा सांसदहरुले कोषको भेटी व्यवस्थापन, जग्गा, सम्पदाको संरक्षणमा भइरहेको प्रगतिबारे जानकारी दिन आग्रह गरेका थिए । कोषका राजुकुमार खत्रीले कोषको गतिविधिबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आयव्याप प्रस्तुत गरेका थिए ।

समितिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

समितिले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकीन र हालसाविक गरी कोषको नाममा जग्गाधनी प्रमाणपत्र लिने व्यवस्था गर्न कोषलाई निर्देशन दिएको छ । कोषले आनन्द होटल प्रालिसँग गरेको सम्झौताको विवरण पनि तीन दिनभि समितिलाई उपलव्ध गराउन कोषलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ८ : ०९ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर