२३ असार २०८३, मंगलबार | July 7, 2026

नयाँ वर्षका अवसरमा पशुपतिमा पूजाआजा



काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था गरिएको बताए । “पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ”, उनले भने ।

भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूलढोकाबाट दर्शन गर्न मिल्ने गरी व्यवस्था मिलाइएको खतिवडाले बताए । केही वर्षयता नयाँ वर्षमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । महानगरीय प्रहरी बृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ५८ बजे

समस्याग्रस्त तुलसी सहकारीका ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बैठक

देउवा पुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, विभागले काट्यो पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा

अमेरिकामाथि बेल्जियमको फराकिलो जित

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई ४-१ गोलअन्तरले पराजित गर्दै बेल्जियम

उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु