२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

लकडाउन मोडालिटीबारे सरकार अझै अलमलमा, मध्यरातसम्म बैठक बसेपनि निस्किएन निस्कर्ष



काठमाडौं । मध्यरातसम्म बैठक बसेर छलफल गरेपनि सरकार लकडाउनको मोडालिटीबारे कुनै निर्णय गर्न असफल भएको छ ।

निरन्तरको लकडाउनबाट प्रभावित आम नागरिकले लकडाउन उलंघन गरपरहेका बेला सरकार विकल्प दिन फेरिपनि असफल भएको हो । लकडाउनको स्वरुप परिर्वतनको निर्णय गर्न बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समतिको बैठक कुनै निर्णयमा पुग्नै सकेन ।

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा आइतबार मध्यरात सम्म बसेको बैठकले लकडाउन खुकुलो बनाउने कार्ययोजना सहितको मस्यौदामा छलफल गरेपनि टुंग्याउन सकेन।

विगत केही दिन देखि निजी क्षेत्र, व्यवसायी, अर्थविज्ञ लगायत विभिन्न निकायका प्रतिनिधि र पदाधिकारीसंगको छलफल पछि तयार पारेको मस्यौदा तयार भएको थियो । तर, सरकारकै मन्त्रीहरू एवं उच्चअधिकारीहरूबीच मतैक्यता नहुँदा झन अन्यौल बढेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले कार्ययोजनाको मस्यौदामाथि छलफल भएको र प्राप्त थप सुझावलाई समावेश गरी मस्यौदा परिमार्जन गरी पुन अर्को बैठकमा पेश गर्ने निर्णय भएको मात्र जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “तयार भईरहेको कार्ययोजनाको मस्यौदामा आजपनि घनीभूत छलफल भयो । कार्य, सेवा र विषयवस्तुका हिसाबले अझै परिमार्जन गरेर अन्तिम तयारीमा लैजाने गरि आजको बैठक सम्पन्न भएको छ । यो कार्य जारी छ । प्रधानमन्त्री र उपप्रधानमन्त्री सहित सम्पुर्ण टिम आजको यो विशेष बैठकमा सहभागी भएको थियो । विभिन्न चरणबाट सुझावहरु र निर्देशन प्राप्त भएका छन् ।”

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ६ : ४५ बजे

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ : पूर्वराष्ट्रपति डा यादव

जनकपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा

नेकपा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मतदान नगर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु