१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नरैनापुरबासीको बिजुली बाल्ने सपना पूराहुदैं



बाँके । बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकावासीको बिजुली बाल्ने धोको अब पूरा हुने भएको छ । बाइस वर्षदेखि हरेक निर्वाचनमा चुनावी नारा बन्दै आए पनि अहिले बन्दाबन्दी अवस्थामै नरैनापुरमा विद्युतीकरणले सार्थकता पाउँदै छ ।

एक जनाको ज्यान जानेगरी नरैनापुर गाउँपालिकामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएपछि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालन गर्नका लागि विद्युतीकरणमा सबै तहबाट पहल भई अहिले धमाधम विद्युतीकरणको काम भइरहेको छ ।

कोरोना महामारी फैलिएपछि बन्दाबन्दीमै शुरु भएको विद्युतीकरण अबको एक हप्ताभित्र सकिने भएको छ । अहिले नरैनापुर-४ नरैनापुरमा विद्युत्को तार जडान गर्ने काम भइरहेको छ । वडा १ कटकुइँयासम्म नै विद्युतीकरणको काम छिट्टै सकिने ठेकेदार कम्पनीका प्रतिनिधि त्रिलोक धितालले जानकारी दिनुभयो ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित उक्त क्षेत्रका बासिन्दा एवम् पूर्वसंविधानसभा सदस्य दिनेशचन्द्र यादवले विगतमा ग्रामीण विद्युतीकरण समितिका नाममा काम अल्झिँदै आएकाले त्यसलाई स्थगन गरी विद्युत प्राधिकरणलाई जिम्मा दिइएसँगै विद्युतीकरणको कामले सार्थकता पाएको बताउनुभयो ।

विद्युतीकरणको स्थलगत अनुगमन गर्न नरैनापुर पुगेका नेकपा केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री यादवले अहिले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रसम्म मात्रै विद्युतीकरणका काम गर्ने तयारी भएकामा सिंचाइ, जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुन र प्राधिकरणका महानिर्देशकसँगको आग्रहपछि नरैनापुर गाउँपालिकाभरि नै विद्युतीकरणको काम हुन थालेको बताउनुभयो ।

‘प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा पुर्‍याउन थालिएको विद्युतीकरणलाई अहिले त्यहीँ छाडियो भने अन्य दुई वडामा पु¥याउन पछि फेरि झण्झट हुन सक्छ’, उहाले भन्नुभयो, ‘त्यसैलै अहिले नै भारतको सीमासम्म सुइया बघौडामै विद्युतीकरणको काम गराउन लागिएको छ ।’

नरैनापुरमा कोरोना महामारी फैलिएपछि आइसोलेशन केन्द्र सञ्चालनका लागि विद्युतीकरण गर्न उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराज र प्रदेशसभा सदस्य कृष्ण केसीले पनि निरन्तर चासो देखाउँदै आएका थिए ।

विद्युत् नहुँदा गाउँपालिकामा क्वारेन्टिन व्यवस्थापनमा समेत कठिनाइ भईरहेको बताउँदै अब भने विद्युत् आउनेमा आफु ढुक्क भएकोे गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । उहाले विद्युत् आउनासाथ नरैनापुरको लक्ष्मणपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेशन अस्पताल बनाइने जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ११ : ५२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्