२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना संक्रमितको शव ब्यवस्थापनमा प्रशासनलाई सकस, लाठी चार्ज गरेर मृतकको शव ब्यवस्थापन



पोखरा । नेपालमा कोरोना संक्रमितहरुलाई बांच्न भन्दा मर्न झन गारो हुने भएको छ । संक्रमणको कारण मृत्यु भएकाको शव दाहसंस्कार गर्ने स्थान नपाउंदा मृतकलाई अझै गारो हुने भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन गर्न प्रशासनलाई निकै सास्ती ब्यहोर्नु परेको छ ।

शव ब्यवस्थापनका लागि लिएर गएको गाडीको बाटो छेक्न प्रदेश सांसद सहित स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधिआएपछि प्रहरीले लाठी चार्ज गरेर बाटो खुलाउनु परेको थियो ।

जेठ २२ गते सुनौली नाकाबाट नेपाल प्रवेश गरेका वालिङ नगरपालिकाका संक्रमितलाई २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा भर्ना गरिएको थियो । आइतबार मात्र उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यस लगत्तै राति उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार घाट खोज्ने जिम्मा पोखरा महानगरपालिकाले पाए अनुसार नगरपालिकाले खोजेको घाटमा लैजाने त्र,ममा बाटोमा अवरोध पु¥याईएको थियो ।

महानगरले वडा नं ११ मणिपाल शिक्षण अस्पतालभन्दा केही तलको सेती नदीस्थित रिठ्ठे घाटमा संक्रमितको शव गाड्ने घाट छनौट गरेपनि स्थानीयले बिरोध गरेका थिए । पोखरा फूलबारीस्थित भगवती दल गणबाट खटिएका नेपाली सेनाले शव गाड्न खाल्डो खनेर शव गाडन ल्याउने क्रममा पोखरा महानगर वडा नम्बर ११ र २० का वासिन्दाले विरोध गरेका थिए । सेती किनारमा शव गाड्दा आफूहरुलाई जोखिम हुने उनीहरुको तर्क थियो ।

पोखरा महानगरको वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ, प्रदेश सांसद विन्दुकुमार थापा समेत शव लैजान अवरोध गर्ने गरि सडकमा उत्रिएका थिए ।

नेपाली सेनाको टोलीले शव लैजान खोज्दा स्थानीय वासिन्दाले पटकपटक अवरोध गरेपछि प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो ।

विरोध गर्नेहरुले शव बोकेको गाडीको बाटो नै छेक्न आएपछि प्रहरीले लाठी चार्ज गर्नु परेको कास्की प्रहरीले जनाएको छ । प्रहरीको लाठीचार्जबाट वडाध्यक्ष बास्तोलासहित केही स्थानीय सामान्य घाइते भएका छन् ।

स्थानीको अवरोध र प्रहरीको बल प्रयोगका कारण मृतकका परिवारले परम्परा र दाहसंस्कार कार्यबिधि अनुसार शव राम्रोसंग हेर्न समेत पाएनन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ९ : ५० बजे

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले