३० पुस २०८२, बुधबार | January 14, 2026

क्वारेन्टिन बनाउन दुई दर्जन होटल तयार



पोखरा । विदेशबाट नेपाल फर्कने नागरिकलाई क्वारेन्टिनमा राख्न होटलहरुको प्रयोग गर्नुपूर्व गम्भीरता अपनाउनुपर्ने माग गरी पश्चिमाञ्चल होटल संघ (हान) पोखराले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

पोखराका दुई दर्जन होटलको नाम क्वारेन्टिनका लागि स्वीकृतिसहित नौबुँदे ध्यानाकर्षणपत्र संघका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई सोमबार बुझाइएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

उक्त पत्रमा पाहुना आउनुपूर्व स्वास्थ्य परीक्षण गर्नुपर्ने र कोरोना नेगेटिभ देखिएका व्यक्तिलाई मात्र होटेलमा राख्ने व्यवस्था गरिनुपर्ने तथा तिनको नियमित स्वास्थ्य जाँच गरिनुपर्ने माग पनि गरिएको छ ।

होटलको नामावली हानबाट प्रदान गरिए तापनि आवश्यक मापदण्ड अपनाई वर्गीकरण गरेर छनोट गर्नुपर्ने जनाइएको छ । यसैगरी सरकारले क्वारेन्टिनमा प्रयोग हुने होटलमा स्थानीय बासिन्दाबाट आउन सक्ने अवरोध सौहार्दपूर्ण वातावरणमा हटाउनुपर्ने र स्थानीयस्तरमा फैलन सक्ने संक्रमणको जिम्मा लिनुपर्ने विषयलाई समेटिएको छ ।

हालको अवस्थामा धेरैजसो होटल बन्द रहेका र कर्मचारी पनि बिदामा रहेकाले पाहुना आउनुभन्दा कम्तीमा चार दिनअगावै हान वा होटेल प्रतिष्ठानमा जानकारी गराइदिनुपर्ने तथा होटल क्वारेन्टिनका लागि उपलब्ध गराउँदा सुरक्षा, स्वास्थ्यलगायत विषयमा स्पष्टता र होटलका कर्मचारीलाई तालीमको व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

कुनै एक होटलमा रहेका जम्मा कोठाको ८० प्रतिशत पाहुना राखेपछि मात्रै अन्य होटलमा राख्ने व्यवस्था हुनुपर्नेका साथै भुक्तानीको अवस्थाका बारेमा अग्रिम जानकारी हुनुपर्ने हानले जनाएको छ ।

होटल प्रतिष्ठानमा आवश्यक पर्ने स्वाथ्य सामग्री सर्वसुलभ रुपमा उपलब्ध गराइनुपर्ने तथा पाहुना अनुशासित र सुरक्षित तवरमा रहनका लागि कोठाभन्दा बाहिर निस्कन नदिई सुरक्षाको व्यवस्थाको जिम्मा लिइनुपर्ने माग पनि हानले गरेको छ ।

होटललाई क्वारेन्टिन बनाइसकेपछि विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार पूर्णरुपमा निर्मलीकरण गरी भविष्यमा सहज रुपले व्यवसाय सञ्चालन गर्न स्वास्थ्य कार्यालय, महानगर वा पर्यटन विभागबाट निर्मलीकरणको प्रमाणीकरण स्टिकर टाँस गरिनुपर्ने माग हानको छ ।

क्वारेन्टिनका रुपमा प्रयोग गर्दा कोठादर प्रतिव्यक्तिका लागि रु दुई हजारदेखि रु १२ हजार र दुई जनाका लागि रु तीन हजारदेखि रु १४ हजार प्रस्ताव गरिएको छ ।

विश्वव्यापी रुपमा देखापरेको कोरोना रोगको संक्रमणका कारण हाल युरोप, अष्ट्रेलिया र अमेरिका महादेश तथा एशियाका जापान, चीन, मलेसिया, दक्षिण कोरिया, खाडी मुलुक, सार्क राष्ट्र र नेपालका विभिन्न स्थानबाट आउने व्यक्ति आफ्नो घर वा डेरामा जान सुरक्षित नरहेकाले होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न लागिएको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ६ : १६ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै

काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो

कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको