१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

भरतपुर अस्पतालको आईसीयूमा कोरोना संक्रमितको निधन, हालसम्म मृत्यु हुनेको संख्या १५ पुग्यो



चितवन । कोरोना भाइरसको संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

चितवनको भरतपुर अस्पतालको आइसीयूमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नं. ११ का निवासी ६८ वर्षीय व्यक्तिको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ।

मुट र निमोनियाको समस्यामा रहेका उनलाई जिल्ला प्रशासन कार्यालयको अनुमति विना नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पतालमा सारेको थियो । गम्भीर अवस्थाका बिरामीलाई अक्सिजनको भरमा अस्पताल सारिएको विषयमा जिल्ला प्रशासन कार्यालयले आपत्ति जनाएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ९ : २२ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी