२० मंसिर २०८२, शनिबार | December 6, 2025

काठमाडौंको न्यूरोडमा प्रहरी र व्यवसायीबीच घम्साघम्सी



काठमाडौं । लकडाउन उल्लंघन गर्दै आफुखुशी व्यापार व्यवसाय सुरु गरेका न्यूरोडका व्यापारीहरुसँग प्रहरीको घम्साघम्सी भएको छ ।

व्यापारीहरुले आफुखुशी पसल खोलेको भन्दै प्ररहीले बिहानै पसल बन्द गराउन हिँडेपछि न्यूरोडमा घम्साघम्सी भएको हो । न्युरोड क्षेत्रमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ । पसलहरु खुल्न थालेको ५ दिन पछि प्रहरीले बन्द गराउन दबाब दिएपछि व्यापारीहरु प्रतिवादमा उत्रिएका थिए ।

सरकारले लकडाउन मात्र बढाएको, कुनै विकल्प नदिएको भन्दै व्यापारीहरुले केहिदिनअघि देखि पसल व्यवसाय सुरु गरेका थिए ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुसँग भएको छलफलमा समेत व्यवसाय संचालनमा सहजता बनाउने सहमति भएको थियो ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालय र कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई समेत यसैअनुसारको सिफारिस गरेका थिए । तर, पसलहरु खुल्न थालेको ५ दिन पछि प्रहरी आएर एक्कासी बन्द गराउन दबाब दिएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ९ : ५४ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति