४ आश्विन २०८३, आइतबार | September 20, 2026

न्यूरोड क्षेत्रका व्यवसायीको बाध्यताको प्रदर्शन, ‘व्यापार व्यवसाय नगरे चुलो निभ्ने अवस्था’



काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा बुधबार पनि प्रहरीले पसल खोल्न नदिएपछि व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन् ।
निर्वाध ढंगले स्वास्थ्य मापदण्ड पुरा गरी व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने र प्रहरी हस्तक्षेपको विरोध गर्दै व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरुले लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलो समेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने माग गरेकाछन् ।

व्यवसायीहरुले लामो समयदेखि लकडाउन हुँदा आफुहरु समस्यामा परेको भन्दै जेठ २२ गतेदेखि पसल खोल्दै आएका थिए । तर प्रहरीले पसल बन्द गराएपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको र आफुहरु घरभाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्न सक्ने अवस्थामा नरहेकोले व्यवसाय सूचारु गर्न दिनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका कार्यसमिति सदस्य सुनिल अग्रवालले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्ने र राहत प्याकेजको सुविधा पनि नदिएकाले आफुहरु सबैभन्दा बढी समस्यामा परेको बताउनुभयो । उहाँले रहरले नभई करले सडकमा प्रदर्शन गर्न आउनु परेको बताउनुभयो ।

महासंघले दैनिक बिहान ४ घण्टा पसल खोल्ने निर्णय गरेपछि व्यसायीहरुले जेठ २२ गते देखि पसल खोलेका थिए । व्यवसायीहरुले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गरी सामाजिक दुरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाई पसल खोल्न दिनुपर्ने माग सहित दवाव दिदै आएका छन् । तर सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएपनि कुनै ठोस निर्णय भने गर्न सकेको छैन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  २ : ४७ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन