१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

न्यूरोड क्षेत्रका व्यवसायीको बाध्यताको प्रदर्शन, ‘व्यापार व्यवसाय नगरे चुलो निभ्ने अवस्था’



काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा बुधबार पनि प्रहरीले पसल खोल्न नदिएपछि व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन् ।
निर्वाध ढंगले स्वास्थ्य मापदण्ड पुरा गरी व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने र प्रहरी हस्तक्षेपको विरोध गर्दै व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरुले लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलो समेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने माग गरेकाछन् ।

व्यवसायीहरुले लामो समयदेखि लकडाउन हुँदा आफुहरु समस्यामा परेको भन्दै जेठ २२ गतेदेखि पसल खोल्दै आएका थिए । तर प्रहरीले पसल बन्द गराएपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको र आफुहरु घरभाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्न सक्ने अवस्थामा नरहेकोले व्यवसाय सूचारु गर्न दिनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका कार्यसमिति सदस्य सुनिल अग्रवालले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्ने र राहत प्याकेजको सुविधा पनि नदिएकाले आफुहरु सबैभन्दा बढी समस्यामा परेको बताउनुभयो । उहाँले रहरले नभई करले सडकमा प्रदर्शन गर्न आउनु परेको बताउनुभयो ।

महासंघले दैनिक बिहान ४ घण्टा पसल खोल्ने निर्णय गरेपछि व्यसायीहरुले जेठ २२ गते देखि पसल खोलेका थिए । व्यवसायीहरुले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गरी सामाजिक दुरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाई पसल खोल्न दिनुपर्ने माग सहित दवाव दिदै आएका छन् । तर सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएपनि कुनै ठोस निर्णय भने गर्न सकेको छैन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  २ : ४७ बजे

शुद्धोधन गाँउपालिका-७ का वडा अध्यक्ष सहित प्रमुख कार्यकारी अधिकृत घुस सहित अख्तियारको फन्दामा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन

एक दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध

लोसपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सांसद शरत सिंह भण्डारीलाई

नारायणगढ-बुटवल सडक विस्तारले गति लिँदै

काठमाडौं । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले

सुनचाँदी मुल्य : सुनको घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको