९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

१० अर्ब रुपैयाँ कहाँ खर्च भयो हामीलाई जवाफ चाहिन्छ : गगन थापा



काठमाडौं । प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेसले कोरोना नियन्त्राणका नाममा सरकारले खर्च गरेको १० अर्बको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग अहिलेसम्म भएको खर्चको हिसाब देखाउन चुनौति दिएका हुन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहनुभएका काँग्रेस सांसद गगन थापाले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नसमेत माग गर्नुभयो ।

थापाले चुनौती दिँदै भन्नुभयो, ‘१० अर्ब रुपैयाँ कहाँ खर्च भयो यसको हामीलाई उत्तर चाहिन्छ । ५ वटा पिसिआर मेसिन किन्ने, २५ हजार वटा पिसिआर किट किनेर १० अरब रुपैयाँको हिसाव देखाउनु पर्दैन ? हामीलाई एक एक रुपैयाँको हिसाव चाहिन्छ । राष्ट्र विपत्तिमा परेका बेला भष्ट्राचारमा निर्लिप्त हुने यो निर्लज्जताको पराकाष्टा हो ।’

सांसद थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गर्नुभयो । थापाले प्रश्न गर्नुभयो , ‘यो क्वारेन्टाइन हो कि कन्सन्ट्रेसन क्याम्प हो ?’

निर्दोष कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गर्नुभयो, “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?”

उहाँले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उहाँले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिनुभयो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने मागसमेत उहाँले गर्नुभयो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १ : २१ बजे

बजेट लेखनमा जुट्यो अर्थमन्त्रालय, प्रवेशमा कडाई

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।

भ्रष्टाचार नेपालको मुख्य समस्या, भ्रष्टाचार निर्मूल पार्न माओवादीको सरकार आवश्यक : प्रचण्ड

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

हुम्लामा हिमतालमा फुटेको स्थानमा एक साता पछि पुग्यो प्रहरी

काठमाडौं ।  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

बागलुङ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानमा हिँडेको माओवादी केन्द्रका अध्यक्ष

वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको