१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

१० अर्ब रुपैयाँ कहाँ खर्च भयो हामीलाई जवाफ चाहिन्छ : गगन थापा



काठमाडौं । प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेसले कोरोना नियन्त्राणका नाममा सरकारले खर्च गरेको १० अर्बको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग अहिलेसम्म भएको खर्चको हिसाब देखाउन चुनौति दिएका हुन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहनुभएका काँग्रेस सांसद गगन थापाले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नसमेत माग गर्नुभयो ।

थापाले चुनौती दिँदै भन्नुभयो, ‘१० अर्ब रुपैयाँ कहाँ खर्च भयो यसको हामीलाई उत्तर चाहिन्छ । ५ वटा पिसिआर मेसिन किन्ने, २५ हजार वटा पिसिआर किट किनेर १० अरब रुपैयाँको हिसाव देखाउनु पर्दैन ? हामीलाई एक एक रुपैयाँको हिसाव चाहिन्छ । राष्ट्र विपत्तिमा परेका बेला भष्ट्राचारमा निर्लिप्त हुने यो निर्लज्जताको पराकाष्टा हो ।’

सांसद थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गर्नुभयो । थापाले प्रश्न गर्नुभयो , ‘यो क्वारेन्टाइन हो कि कन्सन्ट्रेसन क्याम्प हो ?’

निर्दोष कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गर्नुभयो, “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?”

उहाँले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उहाँले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिनुभयो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने मागसमेत उहाँले गर्नुभयो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १ : २१ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी