१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

खानेपानीको स्रोत संरक्षण र पानी पुनःभरणमा जोड



काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी वर्षको बजेटमा खानेपानीको स्रोत संरक्षण र पानी पुनःभरणमा जोड दिने गरी बजेट विनियोजन गरेको जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा खानेपानी, सरसफाइ र स्वच्छताको लागि छुट्टाएको रकमसम्बन्धी विषयमा यस क्षेत्रमा क्रियाशिल संस्थाले आयोजना गरेको अनलाइन गोष्ठीमा खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले मन्त्रालयले खानेपानीको स्रोत संरक्षण, नागरिकमा पहुँच विस्तारसँगै सरसफाइलाई अघि बढाइरहेको बताउनुभयो ।

मन्त्रालयले अहिलेसम्म ९४ प्रतिशतमा आधारभुत खानेपानीको पहुँच विस्तार गरेको उहाले बताउनुभयो ।

प्रदेश नम्बर २ मा देखिएको आर्सेनिकको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना रहेको उहाले बताउनुभयो । कीर्तिपुर नगपालिकाका उपप्रमुख सरस्वती खड्काले नगरपालिकामा खानेपानीको स्रोत पर्याप्त भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण तथा व्यवस्थापकीय पक्ष कमजोर भएको हुँदा नगरवासीले पानीको अभाव भोग्नुपरेको बताउनुभयो ।

खानेपानीतथा ढल निकास व्यवस्थापन विभागका उपमहानिर्देशक अनिलभद्र खनालले तिनै तहको सरकारसँग संयोजन गरेर काम गर्नुपर्ने बताउनुभयो । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले यस आर्थिक वर्ष मेलम्चीको लागि पर्याप्त बजेट रहेको बताउनुभयो । उहाले भन्नुभयो, ‘आगामी दिनमा धाराबाट खानेपानी सहजरुपमा पुर्‍याउने लक्ष्यअन्तर्गत न्यून आय उपभोक्तहरुलाई महसुलमा अनुदान दिन सकिनेछ ।’

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नेपालको कूल बजेटको ११ प्रतिशत प्रदेश र स्थानीय सरकारमा आएको र स्थानीय सरकारका लागि पर्याप्त नभएको बताउनुभयो ।

पूर्वअर्थ सचिव सुमनप्रसाद शर्माले खानेपानी क्षेत्रमा आगामी आवको बजेट राम्रो आएको तर बजेट शतप्रतिशत खर्च हुने कुरामा शङ्का रहेको बताउनुभयो । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ५ : ४२ बजे

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख